काठमाडौँ । सरकारले जेन-जी आन्दोलनका घाइते र मृतकका परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने भएको छ । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा घाइते भएका मृत्युवरण गरेकाहरुका परिवारका सदस्यलाई सरकारले निःशुल्क वैदेशिक रोजगारीमा पठाउने भएको हो ।
आन्दोलनका घाइते र मृतकका परिवारका सदस्य वैदेशिक रोजगारीमा जान चाहे निःशुल्क पठाउने व्यवस्था मिलाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जान चाहेको खण्डमा घाइते र मृतकका परिवारलाई म्यानपावर व्यवसायीसँग समन्वय गरी निःशुल्क पठाउने व्यवस्था मिलाइनेछ । तर, स्वदेशमै बस्न चाहनेको हकमा भने सीपमुलक तामिल दिइने मन्त्रालयले जनाएको छ ।
स्वदेशमै केही गर्छु भन्नेहरुलाई व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमार्फत सीपमूलक तालिम प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्