काठमाडौँ । पुष मसान्तको मुखमा नेरुडे मिर्मिरेमा सफ्टवेयर परिवर्तनको निर्णय भएको छ । नेरुडे मिरमिरे लघुवित्तमा नियुक्त भएका सिइओ केशव कुमार पौडेलले आउनेबित्तिकै यस्तो निर्णय गरेका हुन् ।
साविक मिरमिरे लघुवित्तमा इम्पावर र साविक नेरुडे लघुवित्तमा एमफिन सफ्टवेयर रहेकोमा साविक मिरमिरे लघुवित्तमा रहेको इम्पावर सफ्टवेयरलाई निरन्तरता दिइएको थियो । तर नयाँ सिइओ आउनेबित्तिकै नयाँ सफ्टवेयर परिवर्तन भएपछि स्वयम् कर्मचारीहरुले नै पुराना फाइल उडाउने नियत भएको हुन सक्ने शंका व्यक्त गरेका छन् ।
‘पुष मसान्तको मुखमा सफ्टवेयर नै परिवर्तन गर्नु शंकास्पद छ ।’, लघुवित्तका एक सिनियर कर्मचारीले अर्थ सरोकारसँग भने, ‘सिइओ साप सुरुदेखि नै थर्काउने, आक्रामक मुडमा आउने गरिरहनुभएको छ । यो निर्णयमा शंका गर्ने ठाउँ प्रशस्तै छ ।’
कर्मचारीका अनुसार २२५ वटा शाखा रहेको र हजारौँ कर्मचारीसँग पुषजस्तो खाताबन्दीको समयमा परिवर्तन गर्ने निर्णयले कतै ठुलो आर्थिक डिल भएको वा सफ्टवेयर परिवर्तन गर्दा पुरानो विवरणहरु लुकाई भइराखेको प्रोभिजन राइटब्याक गरी राष्ट्र बैंकलाई झुक्याउने र संस्थालाई कागजी नाफा देखाई अन्य मनलाग्दी कार्य गर्दै आफ्नो समयसीमा कटाउने नियत पो हो कि भन्ने शंका कर्मचारीले गरेका छन् ।
यता लघुवित्तले भने समयअनुसारको अपडेटका लागि सफ्टवेयर परिवर्तन गर्न लागेको भनिरहेका छन् । पुष मसान्तकै समयमा सफ्टवेयर परिवर्तन किन ? भन्ने विषयमा भने लघुवित्त बोल्न मानिरहेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्