काठमाडौँ । के तपाईं त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ब्याचलर वा मास्टर्स पढिरहनुभएको छ ? यदी छ भने तपाईंका लागि दु:खको खबर छ । किनकि टियुले तपाईंलाई अब पास भईसकेको विषयमा पनि फेल बनाईदिन सक्छ । तपाईंको करियरमाथि लापर्वाहीपूर्ण चलखेल गरिदिन सक्छ । तपाईंको मेहेनतमाथि झेल गरिदिन सक्छ ।
यस्तै एउटा घटना सतहमा आएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले एलएलबी दोश्रो वर्षको नतिजा प्रकाशन गर्दा पास भईसकेका व्यक्तिको रिजल्ट पनि फेल भनेर देखाईदिएको छ ।
पत्रकार कौशिला कुँवरले आफुलाई टियुले यस्तै अन्याय गरेको भन्दै सामाजिक संजालमा पोष्ट गरेकी छिन् । उनका अनुसार उनले एलएलबीको दोश्रो बर्षको परिक्षा दिँदा २ विषय लागेको थियो । विषय लागेपछि उनले ती दुई विषय पुन: परिक्षा दिइन् र पास भईन् । तर, यसअघि पास भईसकेका अन्य विषय टियुले पुन: फेल भनेर देखाईदियो ।
त्यसपछि उनले आफ्नो मार्कशिट नै सामाजिक संजालमा राख्दै लेखेकी छिन् – ‘टीयूको कमाल पहिला नै पास भइसकेको विषय राखेर जबर्जस्ती फेल गराएपछि के भन्ने खै ?’
यता टियुको तर्क झन् उदेकलाग्दो छ । टियुका परिक्षा नियन्त्रक विश्वविद्यालयबाट गल्ती भएको हुन सक्ने भए पनि यस्तो केसमा विद्यार्थीले थप दस्तुर तिरेर गल्ती सच्याउनका लागि आवेदन दिनुपर्ने बताउँछन् । अनि, टियुले गल्ती गर्दा किन विद्यार्थीले दुख पाउनुपर्ने ? यो विषयको जवाफ स्वयम् टियुसँग छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्