Skip to content
LAXMI SUNRISE BANK

कन्या राशि

अर्थ सरोकार

भदौ महिनाको आर्थिक राशिफल 

कन्या राशि भएका व्यक्तिहरूका लागि भदौ महिना ७५ प्रतिशत राम्रो देखिन्छ। कन्या राशिका व्यक्तिहरूलाई यो महिनामा हरियो र सेतो रंग फाप्ने देखिन्छ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनहुन्छ भने बिहीबार गर्नुहोला, नाफा कमाउने योग छ। सामान हराउद ठुलै नोक्सानी हुने योग छ।  नयाँ लगानी गर्दा भने  सावधानी अपनाउनु पर्ने देखिन्छ। वैदेशिक यात्राको योग देखिएता पनि पैसा भने फस्ने देखिन्छ।  कसैबाट उपहार प्राप्त हुनेछ, मुद्धामामिलामा सुभ समाचार प्राप्त गर्न सकिनेछ।

घरजग्गा बेच्ने सोचमा हुनुहुन्छ भने  यो महिना शुभ रहेको छ। विद्यार्थी वर्गलाई पढाइको क्षेत्रमा नयाँ सफलता मिल्नुका साथै जागिरको अवसर पनि प्राप्त हुने योग छ। यो राशि हुनेहरूका लागि भदौ २० गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।

नयाँ वर्ष २०८३ सालको आर्थिक राशिफल

कन्या राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल राम्रै देखिन्छ। सुरुमा केही अलमल, ढिलाइ वा योजना अनुसार काम नहुने जस्तो अनुभव हुन सक्छ, तर वर्ष स्थिति भने बिस्तारै सुधार हुँदै जानेछ । मेहनत गरेको कामको फल ढिलो भए पनि पाइने योग छ। आर्थिक रूपमा धेरै जोखिम लिनुभन्दा सोचेर, योजना बनाएर अघि बढ्नु राम्रो हुनेछ ।

सेयर बजारमा पनि वर्षको बीचतिर राम्रो अवसर आउन सक्छ । तर छिटो नाफा खोज्नेभन्दा धैर्य राख्नेहरूका लागि यो वर्ष बढी फाइदाजनक हुने देखिन्छ ।

दीर्घकालीन लगानी गर्नेका लागि यो वर्ष राम्रो अवसर बन्न सक्छ, तर छोटो अवधिको ट्रेडिङ गर्दा जोखिम व्यवस्थापन गर्नुपर्छ। कन्या राशिका व्यक्तिहरूले अनुसन्धान गरेर, धैर्यका साथ लगानी गरेमा बैंकिङ सेक्टरबाट लाभ लिन सक्ने सम्भावना बलियो देखिन्छ।

यदि तपाईं व्यापार वा लगानीसँग सम्बन्धित हुनुहुन्छ भने विशेष गरी बैंकिङ, वित्त, कन्सल्टेन्सीसँग जोडिएको क्षेत्रमा राम्रै फाईदा हुने सम्भावना छ । नयाँ व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने असार देखि मंसिरबीचको समय राम्रो हुनेछ।

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK