कात्तिक महिनाको आर्थिक राशिफल

कन्या राशि भएका व्यक्तिहरूका लागि कात्तिक महिना राम्रो देखिन्छ । अधुरा वा नयाँ कार्यको थालनी हुनेछ । शेयर बजार र व्यापार व्यवसायमा भने औसत लाभ हुनेछ ।

कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो कूल देवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क २,६ र शुभ रङ्ग हरियो वा खैरो हो ।

 आर्थिक बर्ष २०८१-८२ का लागि बार्षिक आर्थिक राशिफल

कन्या राशि भएकाहरूका लागि आर्थिक वर्ष २०८१ / ८२ सुखद देखिन्छ । आँटेको काम पूरा हुनेछ भने बिग्रिएका कामहरु पनि बन्ने योग छ । पुरानो ऋण तिर्न सक्ने योग छ भने सेयर बजारमा पनि सफलता मिल्नेछ । कृषि कर्ममा पनि सफलता मिल्ने योग छ । 

आर्थिक हिसाबले साउन, र मंसिर महिना शुभ देखिन्छ । यो आर्थिक वर्षमा कन्या राशि भएकाहरूका लागि नयाँ जागिरको अवसर मिल्ने देखिन्छ । वैदेशिक रोजगारीमा रहेकाहरूका लागि पनि यो वर्ष उत्तम देखिन्छ

कुनै पनि नयाँ जागिर, व्यापार वा व्यवसाय गर्दा हरियो, पहेँलो, र कालो रङ्ग शुभ देखिन्छ भने २, ५, ७ र ८ अङ्क पारेर गरेको कामबाट सफलता मिल्नेछ । शनिबार भैरवीको उपासना र हनुमानजीको आराधना गर्दा सफलता मिल्नेछ । नयाँ काम सुरु गर्नु भन्दा अगाडि शिवजीको आराधना गरेर गरेको कामबाट सफलता मिल्नेछ ।

आइतबार र बुधबार गरेका काममा सफलता मिल्नेछ । मेष, मिथुन, सिंह, र तुला राशि भएकाहरूसँग मिलेर गरेको काममा सफलता मिल्नेछ भने सिंह, मेष र कुम्भ राशि भएकाहरूसँग लेनदेन गर्दा ख्याल गर्नुहोला ।