
असोज महिनाको आर्थिक राशिफल
कुम्भ राशि भएका व्यक्तिहरूका लागि असोज महिना समग्रमा ७० प्रतिशत राम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १, २२, २३, २९ र ३० गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने बुधबार र बिहीबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। यो महिनामा आइतबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ। यो राशि हुनेहरूका लागि असोज २६ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
यो महिनामा कुम्भ राशि हुनेहरूलाई हरियो र पहेंलो रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। यता १६ गते भित्र गरेको दलाली कर्मबाट मनग्य आम्दानी गर्न सकिनेछ। साझेदारी व्यापारबाट लाभ मिल्ने देखिन्छ । राजनीतिक प्रभाव बढ्नुका साथै नयाँ जिम्मेवारी मिल्ने देखिन्छ। कला क्षेत्रबाट व्यक्तित्व निर्माण गर्न सफल भइनेछ। कार्यक्षेत्रमा नयाँ कार्यको थालनीको लागि उपयुक्त समय रहेको छ।
नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल
कुम्भ राशि भएका व्यक्तिहरूका लागि २०८२ साल राम्रो देखिन्छ। लक्ष्यप्राप्ति हुने योग देखिएको छ। यो वर्ष अचल सम्पत्ति जोड्ने अवसर मिल्ने देखिन्छ। यो राशि हुनेहरूका लागि मंसिर महिना सार्है सुखको महिना रहेको छ।
दलाली कर्मबाट मनग्य आम्दानी गर्न सकिनेछ। सुखको अनुभूति गर्न सकिनेछ। स्वास्थ्यमा भने थोरै खर्च गर्नुपर्ने देखिन्छ। अनावश्यक बाधबिधाबाट भने टाढै रहनुपर्ने देखिन्छ।
जागिरमा प्रमोसनको योग देखिएको छ भने वैदेशिक यात्राको योग पनि देखिएको छ। यता कुनै पनि क्षेत्रमा काम गर्दा आर्थिक जोखिम भने नउठाउनुहोला। साँझाको समयमा भने टाढाको यात्रा नगर्नुहोला।