भदौ महिनाको आर्थिक राशिफल
कुम्भ राशि भएका व्यक्तिहरूका लागि भदौ महिना ६५ प्रतिशत राम्रो देखिन्छ । कतै लगानी गर्ने सोच्दै हुनुहुन्छ भने बिहीबार र शुक्रबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ। कुम्भ राशिका व्यक्तिहरूलाई यो महिनामा सेतो र रातो रंग फाप्ने देखिन्छ।
यो महिनामा रातो रंग भने असुभ देखिन्छ। आर्थिक पक्षमा सफलता प्राप्त हुने योग छ। व्यापार व्यवसायमा नयाँ योजनाहरूबाट लाभ प्राप्त गर्न सकिनेछ। राजनीतिक क्षेत्रमा वा सरकारी पद प्रतिष्ठामा हुनुहुन्छ भने पदोन्नतिको योग देखिएका छन्। धेरै दिन अनिन्द्रा रहनाले शरीरमा कमजोरीको अनुभूति हुनेछ।
जग्गा जमिनका विवादहरू भने सुल्झिनेछन्। यो राशि हुनेहरूका लागि भदौ २, ९, २८ र २९ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
नयाँ वर्ष २०८३ सालको आर्थिक राशिफल
कुम्भ राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल राम्रै देखिन्छ। यो वर्ष सुधार हुँदै जाने वर्ष जस्तो देखिन्छ। वर्षको सुरुमा कामकाजमा केही दबाब, निर्णयमा अलमल र आर्थिक पक्षमा खर्च बढ्ने अवस्था आउन सक्छ, जसले गर्दा मनमा तनाव महसुस हुन सक्छ। तर समय बित्दै जाँदा विशेषगरी असोजपछि अवसरहरू बढ्ने, काममा प्रगति हुने र नयाँ स्रोतबाट आम्दानीको सम्भावना देखिन्छ।
यो वर्ष नयाँ जिम्मेवारी वा राम्रो अवसर प्राप्त हुने योग पनि देखिन्छ, विशेषगरी टेक्नोलोजी, अनलाइन काम वा विदेशसम्बन्धी क्षेत्रमा यो वर्ष राम्रो हुने योग छ।
सुरुका महिनाहरूमा व्यवसायमा केही ढिलासुस्ती, दबाब महसुस हुन सक्छ, तर वर्षको मध्यतिरदेखि नयाँ अवसरहरू खुल्ने र काम विस्तार हुने सम्भावना राम्रो देखिन्छ। पार्टनरशिप वा संयुक्त लगानीमा भने सावधानी अपनाउनु उपयुक्त हुन्छ, विशेष गरी विश्वास र कागजी प्रक्रियामा ध्यान दिनु जरुरी देखिन्छ । सेयर बजारको कुरा गर्दा यो वर्ष उतारचढावपूर्ण रहने संकेत छ, जसले गर्दा छिटो नाफा खोज्नु भन्दा दीर्घकालीन लगानी गर्नु बढी सुरक्षित र लाभदायक हुन सक्छ।
हल्ला वा अनुमानका आधारमा निर्णय गर्दा हजुरहरूलाई घाटा हुन सक्छ, त्यसैले अध्ययन गरेर मात्र लगानी गर्नु राम्रो हुनेछ । यो वर्ष खर्च पनि बढ्न सक्ने भएकाले बचत र योजना बनाएर अघि बढ्नु लाभदायक हुनेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page




प्रतिक्रिया दिनुहोस्