×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एस ! आई स्लेप्ट वीथ एलाभेन गाइज ! सो…व्हाट ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एस ! आई स्लेप्ट वीथ एलाभेन गाइज ! सो…व्हाट ?

१५ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: १० मिनेटभन्दा कम

‘ओइ म काठमाडौँ आएको छु ।’ एउटा सुनिएको स्वर गुन्जियो । नम्बर सेभ थिएन ।
‘हजुर ?’ म मसीनो स्वरमा बोलें।
‘सन्चै छेस् नि !’
तँ भनेर सोम्बोधन गरेको उसको स्वर मैले बर्षौं पछी सुनेको थिएँ । गाउँमा रहँदाको साथीहरुमध्ये तँ भनेर सम्बोधन गर्ने थुप्रै थिए र एक उ पनि ।
‘कहिले आइस् ?’ 
मेरो प्रश्न भुँइंमा झर्न नपाउँदै उ बोल्यो, ‘हिजो भर्खर आएको ।’
‘ के कति कामले आइस् ? एक्लै कि बुढी लिएर ?’ मैले प्रश्न गरें। 
‘भेट्ने विचार छैन कि क्या हो ? सबै फोनमै सोध्छेस् त ! एक्लै आएको हो ।’  उसले जवाफ फर्कायो ।
‘कहिले, कहाँ भेटौं ?’ मैले सोधें । 
‘शनिबार तेरो अफिस पनि बिदा होला । शनिबारनै भेटौं न ।
‘शनिबार बिदा हुन तेरोजस्तो जागिर होइन । मेरो मंगलबार बिदा हुन्छ ।’ मैले जवाफ फर्काएँ ।
‘लौ किन नि ? कस्तो अफिस हो त्यो ? मंगलबार बिदा दिने ? उसले खुब चाख लाएर सोध्यो ।                 
‘हाम्रो हाकिम गणेश जस्तै भुँडे छ । त्यहि भएर मंगलबार बिदा दिएको रे ! मैले हाँस्दै भनें । उसले पनि आफुलाई सम्हाल्न सकेन । हाँसीरह्यो ।’
‘कति टेलिकमलाइ धनी बनाउनु ! भेटेर कुरा गरौँ । मंगलबार ठिक ११ बजे नयाँ बानेश्वर आइजो !’ मैले भनें ।
उसले ‘ओके’ भनेर फोन राख्यो ।
मंगलबार नयाँ बानेश्वरको एउटा भट्टीजस्तो पसलमा उ कुरिरहेको थियो ।
‘ यो त कस्तो भट्टीजस्तो ठाउँ रहेछ है !’ मैले भनें ।
‘यहाँ जे पनि पाइन्छ । रक्सी भने रक्सी, चिया भने चिया !’ परिचित ठाउँजस्तै उसले सुनायो । 
‘रक्सी सुन्नेबितिक्कै मुख रसायो । हिजोको थोरै ह्यांङ पनि छुटेको थिएन । तर पनि म सोझी बनेर बोलें
‘तँजस्तो जडिया हो र ? 
‘अझै पिउन थालेकी छैनस् भन्ने कसरी पत्याउँ ? अस्ती होलीमा आरआर अगाडी हल्लीदै हिडेको थिइस रे त!
‘त्यो मुजी विकासेले तँलाई यो कुरा पनि सुनाउन भ्याईसक्यो है !
‘हो ! सुनेर खुब नराम्रो लाग्यो । तँ हेर्दा यति सोझी छेस् । त्यसो नगरेको भए हुन्थ्यो । बाटोमा चिनेजानेको कसैले देखेको भए नराम्रो हुन्थ्यो नि !            
‘यो काठमाडौँ हो काठमाडौँ । यहाँ एउटा कोठाको मान्छेले अर्कोलाई चिन्दैन । तँ आफन्तको कुरा गर्छस् । अझ कति बाठो छ काठमाडौँ थाहा छ तँलाई ? बाटोमा देखाऊंदै मैले भनें, ‘हेर ! यी सब धुँवा धुलोको बाहानामा मास्क लगाएर आफ्नो मुख छोपेर हिंडेका छन् । यीमध्ये धेरैले त्यो मास्कको बहानामा लाज छोपेका छन् । त्यो दिन मैले पनि मास्क लगाएको थिएँ । कसैले चिन्दैनथ्यो । 
उसले कसरी चिन्यो त ?
‘उसैले दिएको कपडा लगाएको थिएँ । ठ्याक्कै चिन्यो । यसैपनि उसले मेरो कपाल देखेर मलाइ चिन्थ्यो ।’
‘तर उसले त तँलाई सार्है नराम्रो भन्थ्यो त ! तँ त उभन्दा अघि पनि कतिजनासँग सुतेको थिइस् भन्दैथ्यो त ! उसले अली नमिठो पाराले सुनायो ।
म अडिक भएर बोलें, ‘त्यो उसैको समस्या हो । उसले मलाइ माया गर्थ्यो भने, उसले मेरो बिगतलाई स्वीकार्नुपर्थ्यो । २३ बर्षसम्म त्यसलाई भेनर जवानी कहाँ साचेर राख्न सक्छु त मैले ?’
‘तर…!’ उसले नबोल्दै मैले थपें, तर के ?
‘यसरी कुराहरु बाहिरिनु राम्रो हो र ? उसले केहि नरम स्वरमा सोध्यो ।
‘होइन ।  नबाहिरिए हुन्थ्यो भन्ने मेरो पनि सोच हो । तर बाहिरियो, त्यो उसको कमजोरी हो । यसै पनि मेरो भाइ र मेरी मामु बाहेक मलाइ कसैका अगाडी पनि राम्रो हुनु छैन ।’
काठमाडौँ आएपछी त्यति सहजै कसरी परिस त्यसको प्रेममा ?’ उसले सोध्यो । 
‘होइन, काठमाडौँ आएपछी उ मेरो पहिलो प्रेम थिएन । अर्कै एक केटासँग एकजना केटासँग मेरो प्रेम थियो । पछी छोड्यो । उसले अन्तै बिहे गर्यो ।’
‘ए अँ ! सुनाउदै थियो बिकासले ! त्योसँग सुतेको कुरा तँ कति सजिलै भन्थिस् रे उसलाई !’ उसले केहि आश्चार्य मान्दै सोध्यो ।
‘हो भन्थें।  किनकि उ मेरो बर्तमान थियो ।  र उसले यहि कुरा अन्तबाट थाहा नपाओस् भन्ने थियो मलाई ।’
त्यो केटासँग मैले बेहे गर्ने सोच गरिसकेको थिएँ।  त्यो बेला बिकाससँग भेट भएको थिएन ।’
‘थुप्रै पटक सुतिस् रे त त्योसँग?’
‘त्यसमा ठूलो कुरा के भयो त ?’ मैले जंगिएर सोधें 
 उ केहि बोलेन ।  त्यसपछी म बोल्न थालें । 
‘हो त्यो सँग म थुप्रै पटक सुतें । तर एउटा एसएमएसका भरमा उसले मेरो मायामा प्रहार गर्यो । त्यो केटासंग जीवन बिताउँछु भन्ने सोचेको थिएँ । तर उसले धोका दियो ।’
‘कति बिर्सन खोजें त्यसलाई तर सकिन । पछी त बिर्सिन पनि मन लागेन ।  किनकि उसँग मैले थुप्रै सपनाहरु साँचीसकेको थिएँ । उसले छोडेको केहि दिनपछी अर्को एक केटासँग अफएयरमा रहें । केटाहरुसँगको विश्वास हटीसकेको थियो । केहि महिना त्योसँग रिलेशनशिपमा रहें ।’
‘अनि उसँग पनि…!?’ उसले आँखा ठुला ठुला पार्दै सोध्यो ।
‘हो उसँग पनि । धेरै पटक ।
‘तर…’ 
फेरी उसलाई बोल्न दिइन मैले। तँ रक्सी खान्छस् नि ! त्यो गलत हो भन्ने तँलाई राम्रोसँग थाहा छ ।  तर पनि किन खान्छस्  ? किन कि त्यो नशा हो ।  तँलाई एक पटक रक्सी खाएर पुग्छ र ?  म त्यस्तै यौनको प्यासी थिएँ, छु । उ मेरो प्रेमी थियो।  उ र म दुवै तयार भएपछि के चहियो र ? उसँग म सुतेको हुँ । बिकाससँगजस्तै थुप्रै पटक । 
त्योसँग विवाह भएन ? उसले सोध्यो । 
‘कस्तो आलुजस्तो  कुरा सोधेको ! म अलि रिसाएर भनें, ‘त्योसँग बिहे भएको भए म अहिले तँसंग हुन्थें र !’
‘त्योसँग बसिरहन ठिक लागेन । मनको राजा खोज्दै गएँ।  बीचमा थुप्रै भेटिए । मार्क जुगर्बर्गले प्रेम गर्ने अखडा जो बनाइदिएका छन् । थुप्रैसँग म आफैं कुरा गर्थें । बिकासभन्दा अगाडी एउटा केटासँग प्रेम थियो । त्योसँग भन्दा अगाडी मैले ७ जनासँग सुतिसकेको रहेछु ।’                
                
‘घरमा थाहा पाए भने ?’
त्यो मेरो समस्या हो।  मेरो भाइ र मामुलाई अहिले नै यो कुरा कसैले सुनायो भने पनि पत्याउदैनन् र मलाइ अरुको मतलव छैन ।
‘अनि बिकास अगाडीको केटासँग के भएर टुट्यो ?’
‘त्यो कुरा नसोध मलाइ ! त्यो र नगरकोटको त्यो घटना सम्झेर आउँदा मलाई मर्न मन लाग्छ ।’
‘भन्न ! केहि हलुका हुन्छ कि !
‘नाइँ, केहि हलुका हुँदैन । झन् तनाव हुन्छ ।  मलाइ जिद्धि नगर ! म बेश्या होस् भन्ने तँलाई पनि प्रमाणित गरेर देखाउनु छ । त्यो घटना भनें भने तैंले मलाई बिचरा भन्नेछस्।  म त्यो चाहान्न। ‘
‘अहिलेलाइ यति बुझ, बिकास देखेर टुट्यो त्योसँगको सम्बन्ध । त्योसँग भन्दा बिकाससँग जीवन सहज हुन्छ जस्तै लाग्यो ।’
‘अनि विकाससँग के भयो त ?’
‘त्यो केटासँग जे भएको थियो, एक दिन नशाको शुरमा मैले सब भनें उसलाई । 
‘साला म त्यो सम्झनालाई रित्याउँन खोजीरहेको थिएँ । उसलाई आफ्नो सम्झेर सबै भन्न खोजीरहेको थिएँ । तर बिकासले मौकानै दिएन । मलाइ बेश्या भन्यो । मैले पनि उसले भनेको जस्तै मेरो बेश्याको रुप देखाईदिएँ । बिगत सबै भनिदिएँ । त्यसपछी अर्को दिन देखि त्योसँग भेट भएन ।’
‘अनि अहिले एक्लै छेस् ?’
छैन । बिकाससँग त्यस्तो लामो सम्बन्ध भएन । त्यस्तै ३ महिनामा त्योसंगको रिलेसन सकियो । नगरकोटको त्यो घटनाले पिरोलेको मनलाइ शान्त पार्न उ फगत बहाना थियो ।’ साथी मन्जु र ममताले उसका साथीकहाँ, दादाकहाँ लाग्थे कहिलेकाहीं त्यहि सिलसिलामा प्रतिकसँग भेट भएको थियो मेरो ।
‘ए भनेपछि अहिले तँ त्यो प्रतिक भन्ने केटासँग रिलेशनमा छेस् ?’
‘होइन ।  ३ महिना भयो त्योसँग ब्रेकअप भएको ?’
‘ए साँची यो प्रतिकको कुरा त घरमा पनि पुगेको थियो रे होइन ?’
हो ! मेरो मामुलाई छोरीको खुसी प्रतिक हो भन्ने थाहा छ अलिअलि । तर म यसरी बेश्या भएको थाहा छैन । प्रतिकसँग थोरै होइन, म २ बर्ष रिलेशनमा बसें । उसले मलाइ घरमा पनि लागेको थियो ।  उसको दाइलाइ पनि सबै कुरा थाह छ ।  अहिले दाइसँग पनि कुरा हुन्छ कहिले काहीं ?
‘भनेपछि त्योसँग पनि… ?!’
‘लौ ! उ त मेरो अघोषित श्रीमान् थियो।  घरमा भाइलाई साथीकहाँ जान्छु भनेर उसकहाँ जान्थें । म थुप्रै रात उसकी श्रीमती भएको छु । थुप्रै विहान मैले पकाएको खाना खाएर हिंडेको छ उ । सायद त्यहि २ बर्ष थियो म जीवनमा थोरै खुसी भएँ ।
‘अनि उसलाई केहि थाहा थिएन बिगतको ?
म चेतिसकेको थिएँ।  केटाहरु बिगत हेर्दारहेछन् भनेर मैले उसलाई केहि पनि भनेको थिइन । प्रतिकसँग ‘सिरियस रिलेशनशिप बसिसकेको थिएन।  त्यो भन्दाअघि एक पाण्डे थरको केटापनि मेरो साथी थियो । प्रतिकले त्यो कुरा थाहा पायो । झगडा पनि भयो।  तर सबजना छोडेर म तेरै हुँ भनेपछी उ शान्त भयो । मेरो सोझो अनुहारको फाइदा उठ्यो फेरी।  मैले उसलाई कन्भिन्स गराएँ ।
‘भनेपछि त्यो पनि तेरो बिगत थियो है ! अनि अहिलेनि ?
‘कति अहिले नि? अहिले नि ? भनेर सोधेको ! साइड हानेको हो कि क्या हो मलाई ? मैले थोरै जिस्कीए झैं भनें ।
‘होइन मात्र सोधेको ।’
‘अहिले छ कलेजकै जो सँग सायद म छिट्टै विदेश जान्छु । मलाइ यो शहरमा बस्न मन छैन । फिटिक्कै !’
‘ए ए अनि फेसबुकमा एउटा केटासँग खुब फोटो आउँछ रे त तेरो ?’
‘त्यो अर्को नमुना छ । तर मलाइ एकदम केयर गर्छ । मेरो रुने साथी त्यहि हो । मान्छे केटानै हो तर पनि शंका लाग्छ । केटा भएर यति सोझी केटिसँग किन फकिदैन थाहा छैन ।’
ए होर ?
‘हो त ! रक्सी खाँदैन, चुरोट खाँदैन, गर्लफ्रेन्ड छैन । के भन्ने बिचरा छ त्यसको लाइफ पनि ! अरुको कुरा सुन्दा उसले खुब प्रगती गरेको छ । तर उ भने आफैंमा खुसी देखिंदैन । उमेरले हामी उत्रै नै होलाउँ, तर उ हाकिम हो र म कर्मचारी !  कहिलेकाहीं त्योसँग बसेर खुब पिउने गरेको छु । तर उ पिउंदैन ।’
‘तेरो बारेमा बिकासले भनेको थियो। ‘
होला, तर उसले जे जे भन्यो त्यो आधी पनि होइन । मैले त्यसपछी धेरै कुरा भोगीसकें जिन्दगीमा !’
‘तर यसरी बिग्रनु भएनि यार !?’ उसले सोध्यो ।
केलाइ बिग्रेको भन्ने ! बिग्रेको होइन।  बस् खुसी खोज्ने बहाना खोजेको हो । हो म ११ जनासंग सुतीसकें , तलाईं बाल ! यो समाजलाइ बाल !’
‘किन यसरी बिग्रेको यार ! त्यसो नभन ।  कुनै दिन यो कुरा बाहिरियो भने गाह्रो हुन्छ ।’
‘पक्का बाहिरिन्छ । म सबैलाई यो सब कुरा सुनाएर म यो शहरमा अघोषित बेस्या बनेको कारण सुनाउन चाहान्छु । म अहिले पनि खुब लेख्छु मेरो कहानी । अफिसमा समाचार बनाउने मेरो काम हो।  कहिलेकाहीं टाउको दुख्दा मेरो कहानी लेख्छु ।’
‘अफिसको हाकिमले थाहा पायो भने ? ‘
‘उसले पढ्ने गरेको छ । मैले सुनाउने गरेको छु । कुनै दिन म मरिहालें भनें वा म अन्तै हिंडे भनेपनि उसलाई मेरो कथाका उपन्यास लेख्नु भनेको छु । उसका जीवनका केहि कहानीहरु समेटेर अनि धेरै मेरा बिगतहरु समेटेर, तयार हुँदैछ  उपन्यास ! 
‘ए अचम्म रहेछ  है ! तर पनि यस्तो जोसँग पनि सहजै रिलेशनमा बस्ने नगर यार ! तेरो माया लाग्छ ।’
‘इस लाग्छ तलाई मेरो माया !’
आफ्नो हात आफ्नो योनीतिर देखाउंदै उसले भनी, ‘साला तलाई मेरो माया लाग्ने भएको भए किन छोडेर जान्थिस् ! तँलाई थाहानै थियो, तँ मेरो पहिलो प्रेम थिइस् ! यो शहरमा त ठाउँ ठाउँमा गेष्ट हाउस छन् जवानी बिसाउन । तर गाउँभरको रिस्क लिएर, तँसंग थुप्रै पटक झ्यांङहरुमा बुट्टाहरुलाई छेकेर जवानी सुम्पेको बिर्सिस होइन ? 
तँलाई त आफ्नै सम्झेर भनेको थिएँ, तँ मेरो दोश्रोपटक शरीरले मसँग जोडिएको छस् ! पहिलो पटक मेरो आफ्नै काकाले मेरो शरिरसँग खेलेको थियो ।’
‘मलाई यो शहरमा अघोषित बेस्या बनाउने घटना त्यहि थियो । जुनदिन म आफ्नै काकाबाट लुटिएं ।  तर सानै हुँदा भएको त्यो घटनालाई तैंले अन्यथा नलिएको भए, म आज पनि तैसँग हुन्थें ।  तँलाईपनि आफ्नै समेझेर न भनेको थिएँ ।  हो आज पनि मेरो जीवनमा जो जोलाइ भेट्छु सबैलाई यो कुरा भन्छु । किनकि जसले यो कुरालाई सहज मान्छ, मेरो जीवन त्योसँग नै बित्ने हो ।’
‘तर… !’
फेरी पनि मैले उसलाई बोल्न दिइन।  
केका तर ? चियाबारीमा बुट्टालाइ छेकेर तँसँग तेश्रो पटक जवानी बिसाएको दिन मैले भनेको थिएँ, ‘हेर ! तैंले मलाइ छोडिस् भने म यो देशका थुप्रा केटाहरुको कुरामरित्व भङ्ग गर्नेछु ! म बोलीको हिजो पनि अडिक थिएँ र आज पनि छु ! तैंले आखिर मलाई छोडिस् नै ! र म बेस्या बनें ।
‘बेस्या नभन्न यार आफुलाई ! बेस्याले त पैसाका लागि यस्तो गर्छन्। ‘
‘त्यो त उनीहरुको बाध्यता हो।  मलाइ पैसा चाहिंदैन, फगत कसैको साथ चाहिन्छ ।’
‘कहिलेकाहीं तँलाई छोडेकोमा खुब पछुतो लाग्छ । तर पनि अब मसँग विकल्प छैन ।  बर्षौंपछी आज भेट भयो तँसँग !  तेरो कुरा सुनेर सार्है दुख लाग्यो ।’ उसले मलीन भएर भन्यो । 
‘त्यसो भए मलाई खुसी बनान त ! आखिर तँ मेरो पहिलो प्रेम थिइस् ! आज तँसँग अरु थुप्रै कुराहरु पनि सुनाउनु छ । तैंले त बिहेनै गरिहालिस्, मेरो यता बिजोग भयो । काकाले घरबाट निकालिदियो । एक्लै बसें । खुब दु:ख गरें । हिंड आज कतै घुम्न जाउँ।  एक्लै आएको रहेछस् आज कतै बसौं, भोलि जालास् !
‘अनि बेलुका घर जानु पर्दैन ?’
‘आज भाइ कोठामा आउंदैन।  त्यसैले म बाहिर बस्दा कुनै फरक पर्दैन । जतिजनासँग सुतेपनि पहिलो प्रेम पहिलोनै हुन्छ । ढुक्क हो मलाई कुनै रोग छैन र यो कुरा कसैलाई थाहा पनि हुन्न ।’
उसले कुरा बुझिहाल्यो ।’ 
_____________________________________________________________________________
_____________________________________________________________________________
‘हिजो घुम्न गयौं।  आज उसलाई गाडी चडाएर फर्कंदै गर्दा अफिस आउन ढिलो भयो ।’
________________________________________________________________________________
________________________________________________________________________________
उसले बोलेको सुन्दा म झस्किएँ ।   
‘तिमीले गलत गर्दैछौं नानु !’ मैले सम्झाउन कोसिस गरें !
‘ म सुध्रिएं भने मलाइ नबिग्र भनेर कसले फकाउँछ त !’ उसले आँखाको इसारा दिंदै भनी ।
‘होइन, प्लीज त्यसो नभन ! तिमीले गलत गर्दैछौ । तिमी सुध्रनुपर्छ । ‘
‘हुन्छ म सुध्रिन्छु । तर एउटा सर्तमा ! तपाइंले मैले मागेको एउटा कुरा दिनुभयो भने मात्र ।’
उसका कुरा सुनेर म यस्तो भइसकेको थिएँकि म उ सुध्रिन्छे भने जे पनि गर्न तयार छु । 
‘के ? भनन।’ मैले सोधें ।  
‘पक्का दिने हो ? उसले भनी । 
‘हो दिन्छु !’ मैले जाव फर्काएँ । 
 एकासी आँखाभरी आँशु पार्दै उनले भनी, ”त्यसो भए मसँग बिहे गर्नुहोस् !’
‘अबुई !’
अहँ त्यो भूकम्पको परकम्प थिएन । उसको कुरा सुनेर मेरो टाउको घुमेको थियो ।   
(सुरज प्याकुरेलको प्रकाशोन्मुख कृति ‘रिमाज’को एक अंश)
रिमाजका अघिका अंशहरु :

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी