ARCHIVE
एक अर्ब लगानीमा ‘पटिहानी रिसोर्ट’ सञ्चालनको अन्तिम तयारी
चितवन । पर्यटकीय नगरी चितवनको पटिहानीमा एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ । रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार चितवनसहित देशभरका २२ व्यवसायीका लगानीमा निर्माण गरिएको हो । हालसम्म ७५ करोड[...]