ARCHIVE
पटक पटक पत्र पठाउँदा पनि शिवम् सिमेन्टले तिरेन विद्युत् महसुल, दुई अर्ब ३४ करोड रुपैयाँ बाँकी
हेटौँडा । शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत रु दुई अर्ब ३४ करोड तिरेको छैन । हेटौँडा उपमहानगरपालिका-१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सो रकम नतिरेको हो । डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडाले जनाएको छ । प्राधिकरणले महसुलबापतको रकम[...]