ARCHIVE
एकीकृत भन्सार जाँच चौकी विराटनगरद्वारा ६ महिना १८ अर्ब ३ करोडबढी राजश्व सङ्कलन, लक्ष्यभन्दा ५ अर्ब तीन करोड कम !

विराटनगर । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल रु १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा भन्सारले रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यमा रु[...]