ARCHIVE
आइतबार जनकपुरधाममा मृत्यु भएका एक जनामा कोरोना पुष्टी

अर्थ सरोकार सम्बाददाता जनकपुरधाम । जनकपुरधाममा आइतबार मृत्यु भएका दुईमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । जनकपुरधामस्थित विनय तारा फाउन्डेसन क्यान्सर अस्पतालमा मृत्यु भएको सोही अस्पतालका सुरक्षा गार्डसमेत रहेका धनुषा मिथिला विहारीका ४७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टी भएको हो । रुघाखोकी र पखालासँगै ज्वरोसमेत आउने गरेका कारण गाउँमै[...]