MARKET AFFAIRS
ब्रोकर कमिसनका नाममा ‘ब्रह्मलुट’ : ‘लगानीकर्तामाथि चरम अत्याचार हुँदा पनि सेबोन ब्रोकरहरुकै पक्षमा’ (भिडियो)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । कुनै बेला नेप्से अनलाइन प्रणालीमा जानुअगाडि लगानीकर्ताको कारोबारका लागि ब्रोकर कम्पनी धाउनुपर्ने अवस्था थियो । जसले गर्दा ब्रोकरहरुमा कामको ठुलो भर थियो । लगानीकर्ताको सम्पूर्ण कारोबार ब्रोकरले नै गरिदिनुपर्नेजस्तो अवस्था थियो । ब्रोकरको खर्च पनि धेरै थियो । लगानीकर्ताको काम गरिदिंदा लाग्ने जनशक्ति ठुलो थियो । [...]