SPECIAL
सहकारीका कर्मचारीद्वारा किर्ते ऋणी बनाई लाखौँ रकम अपचलन, सदस्यहरुले लगाए कार्यालयमा ताला !
अर्थ सरोकार सम्बाददाता धादिङ । धादिङको साना किसान कृषि सहकारी संस्थामा ताला लगाइएको छ । सोही संस्थामा आवद्द सदस्यहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । सहकारीका कर्मचारीहरुले किर्तेरुपमा किसानहरुको नामबाट ऋण प्रवाह गरी रकम अपचलन गरेको भन्दै छानविनको माग राखी उनीहरुले कार्यालयको मुल गेटमा ताला लगाएका हुन् । सहकारीका कर्मचारीहरुले आफुखुसी ६७ लाख[...]