Uncategorized
एनआईसी एशिया बैंकलको शाखारहित बैंकिङ्ग सेवा उदयपुरको देउरीमा, नगरपालिकाका अध्यक्ष थापाले गरे उद्घाटन

काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडको २३ औं शाखारहित बैंकिङ्ग सेवा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ५ देउरीमा सञ्चालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्धब थापाले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा हरि श्रेष्ठलाई बैंकद्वारा नियुक्त गरिएको छ । [...]