
असोज महिनाको आर्थिक राशिफल
कन्या राशि भएका व्यक्तिहरूका लागि असोज महिना समग्रमा ७५ प्रतिशत राम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ८ र १० गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने बुधबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। यो महिनामा सेयर बजारमा आइतबार र मंगलबार भने लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ। यो राशि हुनेहरूका लागि असोज ५, १४ र २६ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
यो महिनामा कन्या राशि हुनेहरूलाई हरियो र सेतो रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। यता लामो समयदेखि नबनेको काम बन्ने देखिन्छ भने फसेको पैसा उठ्ने देखिन्छ। विदेशतिरबाट अड्केको धन प्राप्त हुनेछ। कार्यक्षेत्रमा कुरा नबुझी अगाडि नबढ्नुहोस्। विश्वासपात्रहरूले धोखा दिने र खुट्टा तान्ने प्रयास गर्नेछन्।
नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल