असोज महिनाको आर्थिक राशिफल

मिथुन राशि भएका व्यक्तिहरूका लागि असोज महिना समग्रमा ७५ प्रतिशत राम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १, ३, १५, २८, २९ र ३१ गते गर्नुहोला, राम्रो हुने देखिन्छ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने बुधबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ। यो महिनामा सेयर बजारमा आइतबार भने  लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।  यो राशि हुनेहरूका लागि असोज १९ र २६ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।

यो महिनामा मिथुन राशि हुनेहरूलाई हरियो र सेतो रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। यता जग्गा जमिनको कारोबार गर्दा भने राम्रो हुने देखिन्छ। पुराना सहयोगीहरूले पुन: साथ दिनेछन्। श्रमबाट प्रशस्त धनलाभ कमाउन सकिनेछ। पैसा कमाउन भने धेरै नै परिश्रम गर्नुपर्ने देखिन्छ।

नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल

मिथुन राशि भएका व्यक्तिहरूका लागि २०८२ साल मध्यम देखिन्छ । नयाँ कामको थालनी नगर्दा राम्रो होला। पाप कर्म गर्नाले मुद्धामामिलामा फस्न सकिनेछ। काममा झमेला आएपनि पैसा भने मनग्य कमाउन सकिनेछ ।

दुखिहरूलाई  सहयोग गर्दा त्यसको सकारात्मक असर जागिर वा व्यवसायमा पर्ने देखिन्छ । कसैलाई दिएको तर माया मारिसकेको सापटी रकम पनि फिर्ता आउन सक्छ ।

घरजग्गा र सेयर कारोबार गर्दा धेरै सोचविचार गर्नुपर्ने देखिन्छ। बैंक तथा वित्तीय संस्थामा नयाँ जागिरको योग देखीएको छ ।