Skip to content
LAXMI SUNRISE BANK

मिथुन राशि

अर्थ सरोकार

असोज महिनाको आर्थिक राशिफल 

बैंकिङ, लगानी र आर्थिक कारोबारका दृष्टिले मिथुन राशिका लागि असोज महिना मेहनतअनुसार प्रतिफल दिने देखिन्छ। जग्गाजमिन, व्यवसाय तथा श्रमबाट आम्दानीको अवसर मिल्नेछ।

पुराना आर्थिक सहयोगीहरू पुन”साथ दिने सम्भावना छ, तर आम्दानी बढाउन निरन्तर मेहनत गर्नुपर्ने देखिन्छ। समग्रमा महिना ८० प्रतिशत राम्रो देखिन्छ।

यो महिनामा २५ गते भने विशेष ख्याल गर्नुहोला।

नयाँ वर्ष २०८३ सालको आर्थिक राशिफल

मिथुन राशिलाई नयाँ वर्ष २०८३ साल परिवर्तन, नयाँ अवसर र सिकाइले भरिएको वर्ष जस्तो देखिन्छ। बैंकिङ र सेयर बजारजस्ता क्षेत्रबाट फाइदा उठाउन सकिने योग छ। तर कहिलेकाहीँ हतारमा लिइएको निर्णयले जोखिम पनि बढाउन सक्ने देखिन्छ।

बैंकिङ क्षेत्रमा जागिर गर्नेहरूका लागि यो वर्ष नयाँ जिम्मेवारी, ट्रान्सफर वा नयाँ सीप सिक्ने अवसर आउन सक्छ। सुरुमा अलि दबाब जस्तो लागे पनि पछि यही अनुभवले करियरमा राम्रो उन्नति ल्याउने योग छ । सहकर्मीहरूसँगको सम्बन्ध राम्रो राख्दा अझ फाइदा हुने देखिन्छ।

सेयर बजारतर्फ हेर्दा यो वर्ष उतारचढाव बढी देखिन्छ। विशेषगरी जेठदेखि असोजकोबीचमा चाल चलायमान रहने संकेत छ। जहाँ छिटो नाफा हुने सम्भावना भए पनि जोखिम पनि उत्तिकै रहन्छ। त्यसैले आध्यात्मिक रूपमा ‘संयम र सचेत’ अपनाएर लगानी गर्नु पर्ने देखिन्छ ।

कुनै पनि लगानी गर्दा मन शान्त राखेर, रिस वा लोभबाट टाढा भएर निर्णय लिनुहोस् यो वर्ष तपाईंहरूलाई शुभ नै रहने छ।

 

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK