INVESTIGATION
दार्चुलाबाट ‘ग्राउण्ड जिरो रिपोर्ट’ : ‘नेपाल सरकार हामीलाई कि उद्धार गर, कि गोली हानेर मारिदेउ…’
दार्चुला । भारतको भागेश्वरमा खच्चड चलाउन गएका मार्मा गाउँपालिका–३ का ३० वर्षीय रमेश विष्ट सोमबार दिउँसो उर्लेको महाकाली नदीमा पौडिएर दार्चुला पुगे । शुक्रबारदेखि धारचुलामा अलपत्र परेका विष्ट नेपाल सरकारले झोलुङ्गे पुल नखुलाउँदा केहि विकल्प नपाएर पौडिएर आउनुपरेको हो । विष्टजस्तै बैतडी डिलाशैनी गाउँपालिका १ का इन्द्र खाती र धनबहादुर[...]