×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘एएनएस क्रिएसन छोडेका कर्मचारीको बयान : ‘यसरी बन्यो चोरीको विज्ञापन…’ (फलोअप नम्बर ५)


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – चोर्नपनि नजान्ने चोरहरुले गरेको ‘दरिद्र चोरी’का बारेमा हामीले निरन्तर फलोअप गरिरहेका छौं । यसरी अरुको बौद्धिक सम्पत्ति चोरेर ठ्याक्कै नेपालीकरण गर्न पल्किएकाहरुको लिष्टमा अगाडी रहेको एएनएस क्रिएसनका एक कर्मचारीले अर्थ सरोकारसँग कुराकानी गर्दै विज्ञापन कसरी चोरिन्छन् भन्ने तथ्यको खुलासा गरेका छन् । आफ्नो नाम नबताउने सर्तमा उनले एएनएस क्रिएसनले कसरी चोरीका विज्ञापन बनाउँछ भन्ने तथ्यको खुलासा गरेका हुन् ।

यसरी चोरीयो लक्ष्मी स्टिलस्को विज्ञापन :
लक्ष्मी स्टिलस् को विज्ञापन निर्माणताका आफु उक्त कम्पनीमै भएको बताउंदै उनले भने, ‘सुरुमा लक्ष्मी स्टिलस् को विज्ञापनको काम आयो । कम्पनीलाई जसरीपनि सस्तोमा विज्ञापन बनाएर नाफा बढी कमाउनु थियो । कम्पनीले लक्ष्मी स्टिलस् सँग राम्रै पैसा लिएको भएपनि सस्तोमा विज्ञापन निर्माण सकेर पैसा बचाउनु थियो । सुरुमै कुरा भयो ‘कसको जस्तो विज्ञापन बनाउने’ भनेर ।’

उनी अगाडी भन्छन्, ‘त्यतिबेला युट्युबमा अरु स्टिलस् को विज्ञापन हेर्न लगाइयो । कम्पनीका हाकिम स्वयम् ले पनि अरुको विज्ञापन कस्तो रहेछ त्यस्तै बनाउनुपर्छ भनेर आदेश दिए । केहि स्टिलस् कम्पनीको विज्ञापन पनि हेरियो । अन्ततः भारतमा बज्ने बुलन्द टिएमटिको विज्ञापनलाई चोरेर लक्ष्मी स्टिलस् को विज्ञापन बनाउने भन्ने निर्णय भयो ।

ढिलो-चाँडो अरुले यो कुरा थाहा पाउँछन् भन्ने थियो :
‘यो कुरा अरुले थाहा पाए भने के गर्ने ?’ भन्ने कुरा त्यतिबेला पनि चलेको हो।  तर विभिन्न नेपाली चलचित्र तथा गीत त यसैगरी भारतका गीत र चलचित्रबाट चोरिन्छन् भन्ने तर्क गरियो । त्यसमाथि बोल्ने मिडिया हो, मिडियाले विज्ञापनको बारेमा बोल्दैनन् भन्ने कुरा गरियो । अझ कसैले यो कुरा सोध्यो भने सोधेरै लिएको, भारतमा यो बिज्ञापन बनाउँदा महँगो पर्ने भएकाले नेपालमा बनाइएको भन्ने तर्क दिने कुरा भयो ।

‘विज्ञापन निर्माणका बेला ‘जिंगल’ बनाउने बेलादेखि विज्ञापन उस्तै हुनुपर्छ भन्नेनै थियो । एएनएस क्रिएसनमै काम गरिरहेका एक कर्मचारी गाउनमा सिपालु थिए । उनैलाई गाउन लगाइयो । गीत गाएवापत ती कर्मचारीले ५००० पाए । सम्पादन सस्तोमै गरियो । सुटिङमा भने केहि बढी खर्च भयो ।’ सुटिङको समय हाकिम आफैं सुटिङ स्थलसम्म पुग्थे । उनी आफैं क्रियाशील हुन्थे । ल्याबटपमा हेरेर उनी पटकपटक यस्तै हुनुपर्छ विज्ञापन भन्थे । अन्तत विज्ञापन बन्यो, सरासर अरुको चोरेर।

एएनएस क्रिएसनले बनाएका सबैजसो विज्ञापन चोरीकै हुन् 
लक्ष्मी स्टिलस् को विज्ञापन मात्र होइन उक्त कम्पनीले बनाएका अधिकांस विज्ञापन चोरीकै हुन् । ठुला क्लाइन्ट भएपनि सबै बिज्ञापन कुनै न कुनै कम्पनीको विज्ञापन चोरेर बनाइएका छन् । कसैका गीत चोरीएका छन्, कसैका संगीत चोरीएका छन्, कसैका भिडियोका सटहरु चोरिएका छन् । तपाईंहरुले एक सिमेन्ट र एक स्टिलस् को मात्र कुरा उठाउनुभएको छ, उसले बनाएका पर्ल चामल र रमपम चाउचाउका बारेमापनि अनुसन्धान गर्नुहोस् । त्यहाँपनि दरिद्र चोरी देखिन्छ ।                          


अरु एजेन्सीहरुले पनि चोर्छन्, अनुसन्धान गर्नुहोस्,
उनी अगाडी भन्छन्, बजारमा खुबै बज्ने ऋद्धिसिद्धिको विज्ञापन पनि चोरीको हो । नितिन चन्दले उक्त विज्ञापन हुबहु चोरेका छन् । उनी आफैं नै ‘भीएफएक्स’ गर्छन । ब्लु ग्रेप्स इन्टरनेशनलले उक्त विज्ञापन बनाएको हो । काठमाडौँको प्रिज्मा एडभरटाईजीङ भन्ने कम्पनीले पनि विभिन्न विज्ञापन चोरेर बनाएको छ । श्रीलंकाको कोकाकोलाको विज्ञापनलाई नेपालमा नानो चाउचाउ बनाइएको छ । कुनैबेला खुब बज्ने मिहो चाउचाउको विज्ञापन पनि चोरीको हो । रमपमको पनि चोरीको विज्ञापन छ । पर्ल चामलकोपनि विज्ञापन चोरीको हो । नेपालमा चलेका विभिन्न सिमेन्ट तथा डण्डीको विज्ञापनमध्ये अधिकांस चोरीका विज्ञापन हुन् ।


विज्ञापन एजेन्सीले गरेको थियो यहाँसम्मको प्रपन्च 
यसरी अरुको विज्ञापन चोरेर बनाइन्छ भन्ने तथ्य एक टेलिभिजनले प्रशारण गरेको थियो । एएनएस क्रिएसनका मालिक आफैं एभिन्यूज टेलिभिजनका मालिक भएकाले कुरा मिल्यो । त्यसको फलोअप भएन । पछी अर्थ सरोकार डटकममा समेत उक्त समाचारको फलोअप आएको छ भन्ने थाहा भएपछी विभिन्न मिडिया हाउस, विभिन्न टेलिभिजनले समेत एजेन्सीमा फोन गरे । यसको जानकारी मलाइ पनि आएको थियो । कतिले अर्थ सरोकार डटकमका सम्पादक को हुन्, तिनका बारेमा हामी पनि नकारात्मक समाचार बनाऊछौं भनेर समेत आश्वासन दिए । कति अनलाइनले त्यसको प्रतिवाद हामी गर्छौं भनेर पनि भने । उसले विज्ञापन दिईरहेका संस्थाहरुले यो आश्वासन दिनु सामान्य पनि हो । कतिले धम्क्याउनुपर्छ पनि भने । कतिले विज्ञापन दिएर फकाउनुपर्छ पनि भने ।  सम्पादकलाइ उक्त एजेन्सीमा प्रतिक्रिया लिन खोज्दा दिईएन भन्ने कुरा पनि सुनियो । त्यो नियोजित थियो । कम्पनीमा काम गर्ने मिडिया संयोजक निरोज श्रेष्ठले रिसेप्सनमा उनलाई फर्काउनु भनेर आदेश दिएका थिए । सम्पादकलाइ  बोलाएर फोन नै अफ गर्न लागाईएको थियो ।

जताततै बेइज्जत भएको छ
एएनएस क्रिएसन छोडेका र अहिले कुनै न कुनै रुपमा काम गरिरहेका साथीहरुसँग भेट हुन्छ । एएनएस क्रिएसनले गर्दा जताततै नेपालीहरुको बेइज्जत भएको कुरा हुन्छ । अहिले १० हजार खर्च गर्यो भने कस्तो राम्रो जिंगल बन्छ, कति राम्रो ‘कम्पोज’ गर्नेहरु छन् तर कम्पनी अझै पनि चोरेरै विज्ञापन बनाउनुपर्छ भन्नेमा छ । यो गलत हो भनेर कुरा हुन्छ । तर के गर्नु मालिकले त्यस्तै खोजेपछि कसैको केहि लाग्नेवाला छैन । ‘                     

कार्वाहीको मापदण्ड नेपालमा छैन, त्यहि भएर मनलाग्दी चलेको छ 

‘विज्ञापन चोरेर बनाए कसले कार्वाही गर्ने भन्ने कुनै मापदण्ड नै छैन । यस विषयमा उजुरी गर्ने ठाउँ पनि छैन । त्यसैले यस्तो मनलाग्दी भएको छ।’ उनी अगाडी भन्छन्, ‘तपाईंहरुले   जसको विज्ञापन चोरिएको छ, त्यहि नै पनि खबर गर्नुभएको छ भन्ने जानकारी हामीलाई पनि आएको थियो, कम्पनीलाई पनि आएको पक्कै होला । हामी पनि त्यहि चाहान्छौं, ‘चोरी गर्नेलाई कार्वाही हुनुपर्छ । एउटा टेलिभिजनको मालिक, अर्को विज्ञापन एजेन्सी पर्यो, कोहि बोल्ने वाला छैनन् । तपाईंहरु बोइलिरहनुभएको छ, नछाड्नुहोस् ।  ‘

हेर्नुहोस् चोरीएको विज्ञापन :

यो विज्ञापनमा विज्ञापनको स्क्रिप्टदेखि भिडियोको ढाँचासम्म, विज्ञापनको संगीतको लयदेखि क्यामराका एंगलहरुसम्म चोरिएको छ  । भारतको बुलन्द टिएमटिको विज्ञापनबाट हुबहु चोरिएको यो बिज्ञापनको ‘ओरिजिनल भर्जन’ हेर्नुहोस् :


यस्तै अर्को विज्ञापन पोशक पेलेट दानाको विज्ञापन पनि कम्पनीले हुबहु चोरेको छ । शब्ददेखि संगीतसम्म सबै चोरीका । भारतमा बज्ने गाडीको विज्ञापनलाई नेपालको कुखुराको दानाको विज्ञापन बनाएर कम्पनीले आफ्ना क्लाइण्ट र जनतालाई त ‘बेवकुफ’ बनाएको छ नै, समग्र नेपालको समेत बेइज्जत गरेको छ ।
तर चोर विज्ञापन एजेन्सीले यो विज्ञापन भारतको एक गाडीको विज्ञापनबाट हुबहु चोरेर बनाएको रहेछ । हेर्नुहोस् यो चोरीको विज्ञापनको सक्कली अनुहार :


यी त दुइ उदाहरणहरु मात्र हुन्, यो कम्पनीले आफुले बनाएका अधिकांस विज्ञापन चोरेर बनाएको छ।  जसको बारेमा हामी आगामी  गर्दैछौं ।

यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: