
- नवराज घिमिरे :- विश्लेषक / लगानीकर्ता
समय समयमा नेपाली पूँजीबजारमा धेरैनै उतारचढाव भएको देख्न पाईन्छ । संसारभरिको पूँजी बजार एउटा अत्यन्तै सम्वेदनशील बजार हो । यो बजारमा धेरै अवसरहरुको साथै धेरै चुनौतिहरु पनि हुन्छन् । अहिलेको बजारको अवस्थालाई दृष्टीगत गर्दा संस्थागत लगानीकर्ताले जुनसुकै समयमापनि सेयर बजारमा लगानी गर्नको लागि वकुल्लाले माछो ढुकेझै गरेर बसेका छन् । आफूसङ्ग पैसा हुनेहरु र के व्यवसाय गरौ भनेर बस्नु भएका नयाँ लगानीकर्ताहरुलाइ यो अवसर पनि हो । अहिलेको सेयर बजारको अवस्था भनेको IPO जस्तै जस्तै भाउमा चाहेजति सेयर किन्न पाईन्छ । यसरी पाउनु सुवर्ण अवसर हो, यसै लई ‘हीरावर्ण’ अवसर भन्ने गरिन्छ । यस्तो अवसर जिवनमा सधै आउदैन । अहिले किन्नेलाइ Risk. अत्यन्त न्यून छ ।
अहिलेको बजारमा एउटा ठूलै जमात ईन्सुरेन्स कम्पनीको सेयर कसरी हात लाउन सकिएला भनेर कुरेर बसिरहेको अवस्थामा छन् । २०७५ सालको असार मसान्त सम्ममा सवै सुचिकृत विमा कंम्पनीहरुले आफ्नो paid of capital लाई लाइफ ईन्सुरेन्स कम्पनीले दुई अर्व र नन् लाईफ ईन्सुरेन्स कंम्पनीले एक अर्व पुर्याउनु पर्छ भनी विमा समितिले निर्णय गरि सकेको अवस्था छ ।
त्यसैले राम्रो ईन्सुरेन्स कम्पनीमा लगानी गर्नेले कमाएका छन् । मैले देखेको ईन्सुरेन्समा लगानी गर्नेले आफ्नो लगानीलाई झण्डै पाँच वर्ष जति थाती राखेर कतै यूरोप, अमेरीका घुमेर आएपनि केहि विग्रह हुनेवाला छैन ।तपाईले अहिले राम्रो ईन्सुरेन्समा लगानी गरेको पूँजी पाँच वर्षमा तेव्वर अवस्य हुनेछ । गतवर्ष भएको वैंकको पूँजी वृध्दीमा यहि जमातले वैंकको सेयरवाट मनग्य अर्थोपार्जन गरेर पल्किएर वसेको अवस्था छ ।
त्यसैले मलाई अरु कुनै कुराको चिन्ता छैन । खाली, मैले किनेको कम्पनी वजारमा कत्तिको दरिएको छ, त्यसका संचालकहरु कस्ता छन्, गत वर्षभन्दा यस वर्ष नाफा वढाउदै लगेको छ की छैन, विगतका वर्षहरुमा कुन दरमा बोनस वितरण गर्यो, रिजर्वमा कति पैसा छ, पूँजीगत संरचना कस्तो छ, जस्ता कुरा हेरेर लगानी गर्नुभएको छ भने तपाईले कुनै चिन्ता लिनु पर्दैन । सेयरबाट तपाईले मनग्य पैसा बनाउन सक्नुहुनेछ ।
त्यसैले मैले यसै अर्थ सरोकार डटकम मार्फत पटक-पटक लेख्दै आईरहेको केहो भने हामी लगानीकर्ताले सुरुमा सेयर खरिद गर्दानै सुझवुझ र अध्यायन गरेर मात्र खरिद गर्नु पर्छ है ! कसैको वहकाउमा लागेर र रातारात करोडपति हुने सपना देखेर सेयर खरिद गर्नु हुदैन । मैले कतिपय लगानीकर्ता कस्ता पनि भेटेको छु भने ‘मलाई साथीले फलानाले फलानो कम्पनीको सेयर किन भोलीनै मालामाल हुन्छस् ‘ भन्यो अनि मैले किने किनेको भोलिपल्टाबाट मूल्यमा पनि गिरावट आइरह्रो र कंम्पनीले वार्षिक नाफापनि कमाउन सकेन । यसैलाई मैले सुझवुझ विनाको निर्णय भन्ने गरेको छु ।
माथि उल्लेख भएवमोजिम सबै विश्लेषण गरेर तपाईले राम्रो कम्पनीमा पैसा खन्याएको छ भने नेप्से इन्डेक्स १८८१ पुगोस की २९२ मा झरोस्, तपाई सतिसालजस्तो भएर उभिईरहनु हुनेछ । तपाईले किनेको राम्रो कम्पनीको सेयर लाई कसैले खेलेर भाऊलाई क्षणिक तलमाथी पारे भन्दैमा गुन्द्रुकको मूल्यमा सेयर बेचेर बजारवाट भाग्नु पर्ने देखिदैन ।
यदि गलत कंम्पनीमा पैसा लगाएको छ भने कमाए जति सवै प्रशासनिक खर्च देखाएर लगानीकर्तालाई वोनस वा क्यास डिविडेन दिन तर्फ ध्यान दिदैनन् । प्रति कित्ता रु.५०० नजिक किनेको सेयर मूल्य घटेर रु.२५० प्रति कित्ता तिर झरेको हुन्छ । यत्तिकैमा मलाई एउटा नेपाली उखान याद आयो ‘आफ्नि छोरी नखरमाउली तन्नेरीलाई दोष’ भन्ने । सुरुमै सेयर किन्दै विगारेर किनेको छ अनि उल्टै यो सेयरले पाल्दा पाल्दा केहि दिदैन किनेको मूल्यवाट पनि धेरै तल झर्यो भनेर मन अमिलो पार्नुको विकल्प छैन । अध्ययन गरौं, सुझवुझको साथ सेयर मार्केटमा लगानी गरौं , धैर्यवान वनौ , सेयरबाट मनग्य आम्दानी लिन सकिन्छ । यसमा दुइमत छैन ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्