×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लगानी टिप्स : ‘सेयर मार्केटले यसरी ‘वेवकुफ’ पनि बनाउन सक्छ, बुझीराख्नुहोस् है’

  • नवराज घिमिरे :- लगानीकर्ता / विश्लेषक
सेयर मार्केट यस्तो ठाउँ हो जहाँ धेरै भन्दा धेरै मानिसलाई धेरै समय ‘वेवकुफ’ वनाऊन मार्केटले डिजाईन गरीरहेको हुन्छ । यो मार्केटमा जो आउँछ, उसले पैसा कमाएरै जान्छ भन्ने हुदैन । तपाईसँग सुझवुझ हुन जरुरी छ, कि म के गरि रहेको छु भनेर । अक्सर सेयर मार्केटमा तपाई हामीलाई लागि रहेको भन्दा ठिक उल्टो भइराखेको हुन्छ । जस्तोकी तपाँई हामीले कुनै स्टक अव माथि जान्छ भनेर भनिरहेका हुन्छौ, त्यो स्टक तल गैराखेको हुन्छ । र, जुन स्टक तल जान्छ भनेर हामी भनि राखेका हुन्छौ त्यो स्टक माथि गइराखेको हुन्छ । यसैले मार्केटले हामी लगानीकर्तालाई हर समय ‘वेवकुफ’ वनाऊन खोजीरहेको हुन्छ ।
सेयर मार्केटमा अव यो भन्दा वढी के होला ( घट/वढ) भनीरहेका हुन्छौं तर मार्केटले त्यो भन्दा वढीनै (घट/ वढ ) गरीरहेको हुन्छ । धेरै लगानीकर्तालाई लागेको हुन्छ, ‘अव मार्केट भोलि त पक्कै माथि जान्छ किनकी यति राम्रो खवर आएको छ ।’ तर मार्केटले तपाई हामिलाई वेवकुफ वनाएर तल तिर गैरहेको हुन्छ । कुनै कम्पनीको रिजल्ट राम्रो आउँदा आउँदै पनि उक्त कम्पनीको स्टकको भाउ ३/४% ले घटि रहेको हुन्छ ।आखिर यस्तो किन हुन्छ त ? किन की उक्त कंम्पनीको रिजल्ट आउनुभन्दा पहिलानै स्टकको मूल्य वढी सकेको हुन्छ । त्यस स्टकमा भाउ समावेस भैसकेको हुन्छ । र, स्मार्ट लगानीकर्ताले प्रफिट वुकिड: गर्न तिर लाग्छन अनि फलोअर लगानीकर्ताले किन्दै जान्छन् । स्मार्ट वाहिर निस्किसकेका हुन्छन फलोअर फस्छन् । अनि मूल्य पनि विस्तारै घट्दै जान्छ ।
त्यसैले त भन्ने गरिन्छ नि ‘सेयर खरिद गर्दा र्यूमरमा खरिद गर्ने र न्यूजमा विक्री गर्ने’ हल्लाको मतलव के हो भने वजारमा सुरुको जुन अफवा हो । जसले त्यो अफवामा किनेका हुन्छन अनि साँचो न्यूजमा आएको हुन्छ त्यसमा विक्री गरेर निस्कि सकेका हुन्छन । त्यो ‘रियूमर’ आशा हो । त्यसमा खरिद गर्नेले कंम्पनीको साँचो न्यूज आएपछी विक्री गर्दछन । रियूमरमा किन्न सक्नेले Real न्यूज आउदा विक्री गरेर प्रफिट वुक गरिसकेका हुन्छन् । साँचो न्यूज आई सकेपछी उक्त स्टकको माथी जाने अरु कुनै पनि कारण हुदैन । किनकी जुन कारण थियो त्यो तपाई हाम्रो सामुन्ने आई सक्यो । अव स्मार्ट लगानीकर्ता र फलोअर लगानीकर्तामा यहि नेर भिन्नता आउछ की स्मार्टले वेच्दै जान्छन फलोअरले किन्दै जान्छन् । स्माटले जहिले पनि कन्फर्म हुदा वेच्छ भने फलोअरले कन्फर्म हुदा किन्छ । अनि फलोअरले किन्दा रेट पनि कन्फर्मेसनवाला पाउछन् ।
जुन अनकन्फर्मामा लिन्छ उसले निस्चित रुपमा सस्तोमा सेयर किनेको हुन्छ । जस्तो की कुनै राम्रो कंम्पनीको सेयर ( कंम्पनीको नाम लिन चाहन्न ) अहिले सार्है सस्तोमा छ जवकी गत वर्ष यसै समयमा उक्त कंम्पनीको मूल्य प्रति सेयर रु. ५०००/- को आसपास थियो । आज सोही कंम्पनीको मूल्य झण्डै ५२ हप्ताकै Low मा छ । कंम्पनीको रिजर्भ पनि धेरै मजवुत छ । यस वर्ष प्रफिट पनि राम्रो गरेको छ ।  सवै इन्डिकेटरहरु राम्रा छन तर मूल्य प्रति कित्ता झण्डै रु. १८००/- को नजिक छ । हो तेस्तो कंम्पनी ओझेलमा परेर वसेको छ । अहिले धेरै स्मार्ट लगानीकर्ताको आँखा त्यसैमा छ । त्यस्तो कम्पनी पहिचान गरेर किन्नुको विकल्पै छैन । जहिले पनि सेयर किन्दा सुरुमै धेरै ठूलो ख्वाब राख्नु हुदैन । तेसैले त भन्ने गरिन्छ ‘ High Expectation .. low Result , Low Expectation … chance of a Surprise हमेसा यो मार्केटले यहि गर्ने गर्छ ।
जहाँ धेरै लगानीकर्ताको अपेक्षा एकदम माथि हुन्छ त्यहाँ नतिजा तल नै आउने गर्दछ । त्यसैले स्मार्ट लगानीकर्ताले यसै फण्डालाई आत्मसाथ गरेर काम गर्ने गर्दछन् । यो मार्केटमा जव अपेक्षा निकै माथि हुन्छ नतिजा झन् तल अर्थात कमजोर आउँछ । अर्को कुरा जुन स्टकमा लगानीकर्ताले अपेक्षा गरेकै हुदैन त्यो स्टकले तपाँईलाई ‘सर्प्राइज’ दिन्छ । त्यसैले यो मार्केटलाई ‘सर्प्राइज’ मनपर्छ । मार्केटको ट्रेन्ड समात्ने कोसिस गरौ । कसैले यो कम्पनीले धेरै राम्रो छ , यसले यति ग्रोथ गर्यो । यस्को यति प्रफिट आउछ उति प्रफिट आउँछ भनेको पाँडे हल्लाको पछाडी लागेर आफ्नो पैसा वर्वाद नपारौं । सुझवुझको साथ कंम्पनी छनोट गरौ ।
आखिरमा सेयर मार्केटवाट जति पैसा वन्दछ त्यति पैसा वनाउने उधोग अरु हुन सक्छ भन्ने विश्वास मलाई कमै लाग्छ । त्यसैले यो मार्केटले वेवकुफ वनाउन हर घडी लागि रहेको हुन्छ । कुनै सेयर किन्नु भन्दा पहिला सोच,समझ , विश्लेषण गरी निर्णय लिनु राम्रो होला ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: