
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- एपेक्स डेभलोपमेन्ट बैंकमा भएको घोटालालाई लिएर सीआइबीले मर्जर भएको थुप्रै समयपछी अनुसन्धान सुरु गरेको छ । एपेक्स डेभलोपमेन्ट बैंकभित्र भएको चरम आर्थिक अराजकता र सञ्चालकको मनोमानी सम्बन्धमा त्यतिबेला नै अर्थ सरोकार डटकमले लगातार समाचार सम्प्रेषण गरेको थियो । तर त्यतिबेला खासै नातातेको राष्ट्र बैंक र सीआइबी यतिबेला तातेका छन् । नियामक राष्ट्र बैंकले यो केस मिलाउन खोजेपछि सीआइबी अग्रसर भएको बुझिएको छ भने सीआइबी अग्रसर भएपछि त्यसको अपजश पाउने डरले राष्ट्र बैंकपनि तातेको छ ।
तत्कालीन एपेक्स बैंकमा जे जति घोटाला भएको छ यस विषयमा अर्थ सरोकारले विगतमा पनि समाचार सम्प्रेषण गरेको थियो । बैंकमा यतिसम्म भएको छ कि बाग्मती खोला धितो राखेर पनि कर्जा प्रवाह भएको छ । त्यतिबेला नै गठित छानबिन समितिले खोजी गर्दै जाँदा भीरपाखा, खोलानालाको नाममा समेत नक्कली ऋणी तथा फाइल खडा गरी ऋण प्रवाह भएको देखिएको थियो । बैंकभित्रको गिरोहले एनबीएस सुपरमार्केटको नाममा दुई करोड रुपैयाँ ऋण प्रवाह गरेको पाइएको थियो । जब कि ऋणका लागि धितो राखिएको जग्गा पूर्वी नेपालको एक खोलो रहेको पत्ता लागेको छ । पछिल्लोपटक धितोमा उल्लिखित जग्गा खोज्दै जाँदा त्यसको मूल्यांकन शून्य देखिएको छानबिन समितिको प्रतिवेदनमा त्यतिबेला नै उल्लेख थियो ।
त्यतिमात्र होइन, एक सञ्चालक समितिका सदस्यले सञ्चालन गरेको काठमाडौँको सम्पूर्ण काष्ठ उद्योगको नाममा समेत तीन करोड ऋण प्रवाह भएको देखिएको छ । त्यसको धितोमा समेत जग्गा राखिएको छ । पछिल्लो समय छानबिन समितिले खोज्दै जाँदा तीन करोड ऋणका लागि राखिएको धितोमा उल्लिखित जग्गामा वागमती नदी फेला परेको थियो । नयाँ बानेश्वरको बादसाह फुडल्यान्डलाई समेत समूहले साढे दुुुई करोड रुपैयाँ ऋण प्रवाह गरेको देखिएको छ । सम्बन्धित ऋणीलाई सोध्दा उनले आफूले ऋण नै नलिएको छानबिन समिति समक्ष बयान दिएका छन् । यसको अर्थ धिताल समूहले नक्कली ऋणी खडा गरेर अरूको नाममा समेत ऋण लिएर पचाउन खोजेको देखिएको छ ।
यी त पहिला नै अर्थ सरोकारले सम्प्रेषण गरेका तथ्य भए । सीआइबीले अरु १२ आरोप सहित विभिन्न व्यक्तिहरुलाई समातेको छ । ती आरोपहरु यस प्रकार छन्
१. कमशल धितो, भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी गरेको ।
कृत्रिम ऋणीहरु खडा गरिएको ।
२. निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको ।
३.ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको ।
४. मोटरबाटो नभएको भिरालो पाखो बारीहरु खेत वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेको ।
५. धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच,रोक्का, कर्जा तमसुक,कर्जा प्रवाह एकै दिनमा गरेको ।
६. कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको ।
७. कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको ।
८. साँवा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पून दोस्रो कर्जा प्रवाह गरेको ।
९. एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको ।
१०. सर्वसाधारण निक्षेपकर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको।
११. अधिकांश धितो मुल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको ।
यो पनि पढ्नुहोस् :
हेर्नुहोस् एपेक्समा भएका घोटालाका बारे अर्थ सरोकार डटकमले लेखेका समाचारहरु
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्