
जेठ महिनाको आर्थिक राशिफल
मेष राशि भएका व्यक्तिहरूका लागि जेठ महिना सामान्य देखिन्छ । सूर्यको गोचरले कार्यक्षेत्रमा सफलता र सामाजिक प्रतिष्ठामा वृद्धिको संकेत गरेको छ। यता आर्थिक व्यवस्थापनमा केही चुनौतीहरू पनि आउन सक्छन्। यो महिनामा पेशा परिवर्तन नगर्नुहोला। वैदेशिक रोजगारीको अवसर देखिएकाले पैसा फस्ने देखिएको छ। यो महिनामा नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने शुक्रबार गर्दा शुभ हुने देखिन्छ।
सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने बिहीबार गर्नु होला, नाफा कमाउने योग देखिएको छ। यता किसानहरूले यो महिना कृषि कर्मबाट राम्रै फाइदा उठाउन सक्नेछन्। १० गतेदेखि २३ गतेसम्म धनलाभ हुने देखिएको छ। यो राशि हुनेहरूका लागि जेष्ठ १८ र २८ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल
मेष राशि भएका व्यक्तिहरूका लागि २०८२ साल मध्यम देखिन्छ। स्वास्थ्यमा समस्या आउँदा खर्च बढ्ने देखिन्छ। पार्टनरशिपको व्यापार व्यवसाय नफाप्न सक्छ । व्यावसायिक हिसाबले यो बर्ष त्यति राम्रो नरहन सक्छ ।
कानुनी झमेलामा पर्न सकिनेछ। अनावश्यक खर्च गर्नुपर्ने स्थिति उत्त्पन्न हुने देखिन्छ। जागिर गर्नेहरुका लागि जागिरमा केहि समस्या उत्पन्न हुन सक्छन् । हरेक क्षेत्रमा साबधानीपुर्व अगाढी बढ्नुपर्ने देखिन्छ।
यता,वैदेशिक रोजगारीको योग देखिएको छ। कर्म क्षेत्रमा इमान्दारिता भएर काम गर्नाले मानसम्मान पाउन सकिनेछ। सेयर बजारमा लाग्नेहरुका लागि यो २०८२ साल औसत छ ।