जेठ महिनाको आर्थिक राशिफल
वृष राशि भएका व्यक्तिहरूका लागि जेठ महिना समग्रमा ७५ प्रतिशत राम्रो देखिन्छ। तर, २५ प्रतिशत व्यक्तिलाई नराम्रो हुने देखिन्छ। वृष राशिलाई जेठ महिनामा पैसा नहने जोघाउन पर्ने देखिन्छ। जागिरमा मेहनतको कदर हुनेछ, तर कामको दबाबले थकान हुँदा मनमा धेरै नकारात्मक कुराहरू खेल्ने देखिन्छ। परिवारमा जिम्मेवारी बढ्न सक्छ, तर प्रेम र समझदारीले घरको वातावरण सकारात्मक राख्नेछ । आर्थिक रूपमा बैंक, बचत वा लगानीमा सोचेर कदम चाल्दा फाइदा हुन सक्छ।
तर, अरूको भरमा पैसा लगानी नगर्नुहोला। आध्यात्मिक रूपमा लक्ष्मी पुजा गर्ने, गाईलाई हरियो घाँस खुवाउने र ‘ऊँ शुक्राय नम:’ मन्त्र जप गर्ने हो भने मन शान्त रहनेछ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ८ , ९ , १५ र १६ गते गर्नुहोला, राम्रो हुने देखिन्छ। नयाँ व्यापार क्षेत्रमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने आइतबार नगर्नुहोला, तर यो महिनामा सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने शुक्रबार गर्नुहोला, मन प्रसन्न हुने देखिन्छ।
यो राशि हुनेहरूका लागि जेठ २ , १० र २३ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा वृष राशि हुनेहरूलाई सेतो रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। वृष राशिलाई यो महिनामा २ , ६ र ७ अंक शुभ देखिन्छ भने १ , ३ र ९ अंक अशुभ देखिएको छ।
नयाँ वर्ष २०८३ सालको आर्थिक राशिफल
वृष राशिलाई नयाँ वर्ष २०८३ साल धैर्यको परीक्षा र फलदायी परिणाम’ को वर्ष जस्तो देखिन्छ। सुरुका महिनाहरूमा केही अलमल, निर्णयमा ढिलाइ वा अवसरहरू स्पष्ट नदेखिने अवस्था हुन सक्छ, तर वर्षको बीचतिरदेखि तपाईंको मेहनतले आकार लिन थाल्नेछ । आर्थिक पक्षमा बिस्तारै सुधार आउनेछन् । एकैचोटि ठूलो लाभभन्दा सानोसानो तर स्थिर आम्दानीले तपाईंलाई सुरक्षित महसुस गराउनेछ।
बैंकिङ क्षेत्रमा जागिर गर्नेहरूका लागि उन्नति, जिम्मेवारी बढ्ने र विश्वास जित्ने समय रहेको छ। व्यापारतर्फ भने विस्तारको सोच आउन सक्छ तर आध्यात्मिक दृष्टिले हेर्दा ‘सही समयको प्रतीक्षा’ नै तपाईंको सबैभन्दा ठूलो शक्ति हुने देखिन्छ।
यता सेयर बजारमा लगानी गर्दा यो वर्ष विशेषगरी वैशाखदेखि साउनबीचको समय शुभ देखिन्छ, जहाँ ग्रहहरूको चालले तपाईंलाई सही निर्णय लिन प्रेरित गर्ने देखिन्छ । धन कमाउनु मात्र लक्ष्य नभई, त्यसमा शान्ति र सन्तुलन कायम गर्नु नै साँचो समृद्धि हो भन्ने भावना तपाईंमा आउने देखिन्छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper




प्रतिक्रिया दिनुहोस्