Skip to content
LAXMI SUNRISE BANK

वृष राशि

अर्थ सरोकार

पुस महिनाको आर्थिक राशिफल 

वृष राशि भएका ७५ प्रतिशत व्यक्तिहरूका लागि पुस महिना समग्रमा राम्रो देखिन्छ भने २५ प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ३ , १०  र १७  गते गर्नुहोला, राम्रो हुने देखिन्छ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने बिहीबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ। यो महिनामा सेयर बजारमा आइतबार भने  लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।

यो राशि हुनेहरूका लागि पुस ६ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा वृष राशि हुनेहरूलाई पहेलों र कालो रंग शुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। व्यापार र साझेदारीमा राम्रो आयआर्जनका योग देखिएको छ। अनावश्यक खर्चमा भने ध्यान दिनुपर्ने देखिन्छ। वैवाहिक सम्बन्ध सुमधुर रहनेछ।

नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल 

वृष राशि भएका व्यक्तिहरूका लागि २०८२ साल राम्रै देखिन्छ। काममा बढोत्तरी हुने देखिन्छ। कला र गालाको प्रभावले मनग्य आम्दानी गर्न सकिनेछ। व्यापार व्यवसाय गर्नेहरुलाई यो बर्ष उत्तम छ ।

आकश्मिक लाभ हुने देखिन्छ। ऋण तिर्ने योग देखिएको छ। लामो समयदेखि फसेको पैसा पाउन सकिनेछ। सेयर बजारमा लाग्नेहरुका लागि पनि यो बर्ष औसत छ भने ठेक्कापट्टाको काम गर्नेहरुका लागि यो बर्ष उत्तम छ । यो वर्ष घरजग्गाबाट रामरी फाइदा हुने देखिन्छ।

यता, स्वास्थमा समस्या आउँदा बढी खर्च हुने देखिन्छ । यो वर्ष ठुलो काम र ठुलो लगानी भने नगर्दा राम्रो होला।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK