मंसिर महिनाको आर्थिक राशिफल
मिथुन राशि भएका व्यक्तिहरूका लागि मंसिर महिना राम्रो देखिन्छ । घर गाडि किन्ने सपना साकार हुने योग छ । पार्टनरसिपबाट नाम र दाम दुबै कमाउन सकिनेछ । स्वास्थमा समस्यामा हुँदा खर्च बढ्न सक्नेछ । आफन्तबाट ठुलै सहयोग प्राप्त हुने देखिन्छ । वैदेशिक यात्राको योग देखिएको छ । सुनचाँदीमा लगानी गर्नुपर्ने देखिन्छ ।
यो राशि हुनेहरूका लागि मंसिर २१ गते अति अशुभ भएकाले विशेष ख्याल गर्नुपर्नेछ ।
आर्थिक बर्ष २०८१-८२ का लागि बार्षिक आर्थिक राशिफल
मिथुन राशि हुनेहरूका लागि आर्थिक वर्ष २०८१ / ८२ शुभ देखिन्छ । व्यापार व्यवसायबाट मनग्य फाइदा पाउन सकिनेछ । कसैलाई दिएको तर माया मारिसकेको सापटी रकम पनि फिर्ता आउन सक्छ । घरजग्गा र सेयर कारोबार गर्नेहरूका लागि समय शुभ छ । आर्थिक दृष्टिले साउन, भाद्र र मंसिर महिना सबैभन्दा शुभ छ ।
काममा झमेला आएपनि पैसा मनग्य कमाउन सकिएला । नयाँ जागिर र व्यापारको योग पनि छ । गरिरहेको काम भन्दा फरक क्षेत्रमा काम सुरु गर्दा सफलता मिल्ने देखिन्छ । गरिरहेको जागिरमा भने केही झमेला देखिन्छ ।
कुनै पनि व्यापार व्यवसाय गर्दा वा जागिरको सिलसिलामा, रातो गुलाबी, खैरो र निलो रंग शुभ देखिन्छ भने १, ३, ५ र ९ शुभ अङ्क देखिन्छ ।
व्यापार, व्यवसाय वा जागिरमा असफलता मिलेको खण्डमा विष्णु भगवानको दर्शन गर्दा शुभ होला ।असहायहरूको सहयोग गर्दा त्यसको सकारात्मक असर जागिर वा व्यवसायमा देखिन्छ ।
बुधबार गरेका काममा सफलता मिल्ने देखिन्छ। मेष, तुला, कुम्भ, सिंह, र कन्या राशिसँग मिलेर गरेको काममा सफलता मिल्नेछ भने वृष, वृश्चिक, मकर राशि भएकाहरूसँग सकेसम्म लेनदेन नगर्दा राम्रो होला ।