Skip to content
LAXMI SUNRISE BANK

कर्कट राशि

अर्थ सरोकार

वैशाख महिनाको आर्थिक राशिफल

कर्कट राशि भएका ७५ प्रतिशत व्यक्तिहरूका लागि वैशाख महिना समग्रमा राम्रो देखिन्छ भने २५ प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने २ ,  ९ , १६ ,  १८ , २५ र २७ गतेसम्म  गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ। यो महिनामा सेयर बजारमा बिहीबार भने लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।

यो राशि हुनेहरूका लागि वैशाख ५ र १२ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा कर्कट राशि हुनेहरूलाई सेतो रंग सुभ देखिन्छ भने पहेंलो रंग अशुभ देखिन्छ। कर्कट राशि भएका व्यक्तिहरूलाई वैशाख महिनामा २, ४  र ६  अंक शुभ देखिन्छ भने ३, ५  र ७ अंक भने नराम्रो देखिन्छ।

नयाँ वर्ष २०८3 सालको आर्थिक राशिफल

कर्कट राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल समग्रमा आर्थिक रूपमा सावधानी र योजनाबद्ध निर्णय लिनुपर्ने देखिन्छ। विशेषगरी सेयर बजार र बैंकिङ क्षेत्रमा लगानी गर्दा हतारमा निर्णय गर्नु उपयुक्त नहुने देखिन्छ ।

सेयर बजारमा यो राशीहुनेहरूले छोटो अवधिको नाफाभन्दा दीर्घकालीन सोच राखेर लगानी गर्नु राम्रो हुने देखिन्छ । बीचतिर भने केही सकारात्मक अवसरहरू आउन सक्छन् । यदि सुरुबाटै सही योजना र अनुशासन कायम राखियो भने वर्षको अन्त्यतिर आर्थिक स्थिति क्रमश: सुधार हुँदै जाने सम्भावना देखिन्छ।

व्यवसाय र लगानीको हिसाबले यो वर्षभरि मिश्रित अवस्था देखिन्छ। वैशाखदेखि जेठसम्मको समय नयाँ काम सुरु गर्न र लगानी बढाउन अनुकूल हुने। यस अवधिमा आत्मविश्वास पनि बढ्ने देखिन्छ ।

त्यसैगरी भदौदेखि असोजबीच व्यापार विस्तार, साझेदारी र नाफा हुने राम्रो सम्भावना रहनेछ। माघ र फागुनमा भने पुराना लगानीबाट लाभ आउने तथा आर्थिक स्थिरता देखिन सक्छ। तर असार-साउनमा खर्च बढ्ने र घाटाको जोखिम रहने भएकाले लगानी गर्दा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK