
असोज महिनाको आर्थिक राशिफल
कर्कट राशि भएका व्यक्तिहरूका लागि असोज महिना समग्रमा ८० प्रतिशत राम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १ गतेदेखि ७ गतेसम्म गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने आइतबार र सोमबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ।
यो महिनामा सेयर बजारमा बुधबार भने लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ। यो राशि हुनेहरूका लागि असोज ८ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा कर्कट राशि हुनेहरूलाई रातो र सेतो रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ। यता पुराना सहयोगीहरूले पुनः साथ दिनेछन्। श्रमबाट प्रशस्त धनलाभ कमाउन सकिनेछ। पैसा कमाउन भने धेरै नै परिश्रम गर्नुपर्ने देखिन्छ।
नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल
कर्कट राशि भएका व्यक्तिहरूका लागि २०८२ साल शुभ देखिन्छ। जोशजाँगर लगाएर गरेको कामबाट मनग्य आम्दानी गर्न सकिनेछ। २०८२ सालको पहिलो त्रैमासमा आर्थिक चुनौतिहरूको सामना गर्नुपर्ने देखिन्छ ।
नयाँ प्रोजेक्टहरूबाट लाभ मिल्नेछ। अचल सम्पत्ति आर्जन हुने देखिन्छ । मेहनत गर्दा समय अनुसार लक्ष्य प्राप्ति हुनेछ। योग्य कार्य गरेर समाजमा प्रतिष्ठा बढाउन सकिने योग देखिएको छ।
भाग्य उदय हुने देखिन्छ। काममा सफलता प्राप्त गर्न ठुलो संघर्ष गर्नुपर्ने देखिन्छ। सवारी साधनमा चलाउँदा भने विचार पुराउनु पर्ने देखिन्छ।