Skip to content
LAXMI SUNRISE BANK

तुला राशि

अर्थ सरोकार

वैशाख महिनाको आर्थिक राशिफल

तुला राशि भएका ८० व्यक्तिहरूका लागि वैशाख महिना राम्रो देखिन्छ भने २० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ।  यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ५ , ७ , ८ , १४, १५, २१, २२ र २६ गते गर्न सक्नुहुनेछ। यो महिनामा बिहीबार सेयर बजारमा लगानी गर्नुहोला, तर बुधबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ। यो राशि हुनेहरूका लागि वैशाख ११ र १८ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।

यो महिनामा तुला राशि हुनेहरूलाई कालो र पहेंलो रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ। तुला राशि भएका व्यक्तिहरूलाई वैशाख महिनामा १, ५ र ७ अंक शुभ देखिन्छ भने ४ , ६  र ८  अंक भने नराम्रो देखिन्छ। परिवारसँग मिलेर नयाँ काम वा योजना बनाउन सकिने समय देखिन्छ। तर वैशाख ११ र १८ गते घरमा सानो तनाव वा मतभेद हुन सक्ने भएकाले बोल्दा विचार पुराउनु होला।

नयाँ वर्ष २०८३ सालको आर्थिक राशिफल

तुला राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल समग्रमा सन्तुलित र प्रगतिशील देखिन्छ। वर्षको सुरुवाततिर केही उतारचढाव देखिए पनि विस्तारै सुधार हुँदै जानेछ। व्यवसायतर्फ पनि नयाँ अवसरहरू आउने सम्भावना छ, विशेषगरी साझेदारी वा नयाँ आइडियामा काम गर्दा फाइदा हुन सक्छ, तर हतारमा निर्णय नगर्नुहोला । बैंकिङ वा जागिरतर्फ भने मध्यम सफलता देखिएको छ। मिहिनेत अनुसार नतिजा पाइनेछ, तर धैर्य राख्नुपर्ने हुन्छ।

यता लगानीको कुरा गर्दा, बैंकिङ बचत, सहकारी, वा सुरक्षित क्षेत्रमा पैसा राख्दा स्थिर आम्दानी आउनेछ । सेयर बजारमा पनि लगानी गर्न सकिन्छ। तर छोटो समयको नाफाभन्दा लामो समयको योजना बनाएर लगानी गर्नु राम्रो हुने योग छ । साझेदारीमा लगानी गर्दा पार्टनर राम्रो छान्नुपर्छ, नत्र विवाद आउन सक्छ।

लोकसेवा तयारी गर्नेहरूका लागि यो वर्ष मेहनतको परीक्षा जस्तो हुनेछ, नियमित पढाइ र अनुशासन राखे सफल हुने सम्भावना छ। पढाइ समग्रमा ठीक रहनेछ, तर ध्यान विचलित हुने सम्भावना भएकाले फोकस कायम राख्न जरुरी छ। सम्बन्ध र व्यक्तिगत जीवनमा सन्तुलन राखे यो वर्ष अझ राम्रो बन्न सक्छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK