भदौ महिनाको आर्थिक राशिफल
वृश्चिक राशि भएका व्यक्तिहरूका लागि भदौ महिना ८० प्रतिशत राम्रो देखिन्छ। कतै लगानी गर्ने सोच्दै हुनुहुन्छ भने बिहीबार गर्दा राम्रो हुने देखिन्छ। वृश्चिक राशिका व्यक्तिहरूलाई यो महिनामा रातो रंग फाप्ने देखिन्छ। घर बनाउने शुभ साहित रहेको छ । हराएको सामान भेटिनेछ ।
पेसा परिवर्तन गर्न सकिनेछ । धर्मकर्म भन्दा विलासितागत वस्तुमा मन रमाउनेछ। जागिरमा केहि खटपट आउन सक्नेछ ।झनक्क रिसाउने बानीले काममा बाधा पुर्याउनेछ ।
घरजग्गामा थोरै भएपनि लगानी गर्नुपर्ने देखिन्छ । यो राशि हुनेहरूका लागि भदौ १३ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल
वृश्चिक राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल समग्रमा परिवर्तन, अवसर र आत्मविकासको वर्ष जस्तो देखिन्छ। यो वर्ष तपाईँले पहिले गरेको मेहनतको नतिजा देख्न थाल्नुहुनेछ, तर निर्णय गर्दा धैर्य र सोच-विचार गर्नुहोला । व्यवसायतर्फ हेर्दा नयाँ लगानी गर्ने राम्रो सम्भावना देखिन्छ, विशेषगरी सानो-मझौला व्यापार, अनलाइन व्यापार, कृषि आधारित व्यवसाय वा सेवा क्षेत्रमा लगानी गर्दा फाइदा हुन सक्छ। साझेदारीमा काम गर्दा स्पष्ट सम्झौता गर्नु राम्रो हुन्छ।
जागिरको हिसाबले नयाँ अवसरहरू आउन सक्छन्, विशेषगरी वर्षकोबीचपछि राम्रो प्रगति वा पदोन्नतिका सम्भावना देखिएका छन् । यता लगानीका हिसाबले, घरजग्गा, सुन, वा दीर्घकालीन योजनामा लगानी गर्दा राम्रो प्रतिफल आउन सक्छ। छिटो नाफा कमाउने सोचमा जोखिमपूर्ण क्षेत्रमा पैसा हाल्दा भने नोक्सान हुन सक्छ।
कृषि, डिजिटल सेवा, शिक्षा सम्बन्धी काम, र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यवसायहरू तपाईँका लागि यो वर्ष लाभदायक देखिन्छन्। समग्रमा, यो वर्ष तपाईँले धैर्य, योजना र निरन्तर प्रयास राख्नुभयो भने आर्थिक र पेशागत रूपमा राम्रो उन्नति गर्ने सम्भावना देखिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page




प्रतिक्रिया दिनुहोस्