
जेठ महिनाको आर्थिक राशिफल
वृश्चिक राशि भएका व्यक्तिहरूका लागि जेठ महिना मध्यम देखिन्छ । सत्रुहरूले चलखेल गर्नेछन्। नयाँ कार्य प्रारम्भ गर्ने समय रहेको छ। अनुकूल कार्य मिल्नाले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा प्रतिष्ठा बचाउनको लागि संघर्ष गर्नुपर्ला। विचार पुराएर वैदेशिक क्षेत्रमा लगानी गर्नुहोला, पैसा फस्ने योग छ । कलकारखानाबाट नोक्सानी व्यहोर्नुपर्ने देखिन्छ । लेखन कार्यबाट मनग्य आम्दानी गर्न सकिने देखिन्छ। वर्षौदेखि अड्किएका काम बन्ने योग छ।
धन संग्रह हुनेछ। सोर्सफोर्स लगाएर पद बढुवा हुने देखिन्छ। मंगलबार र बिहीबार सेयर बजारमा लगानी गर्दा राम्रो फाइदा हुनेछ। यो राशि हुनेहरूका लागि जेष्ठ ७ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल
वृश्चिक राशि भएका व्यक्तिहरूका लागि २०८२ साल राम्रै देखिन्छ। पार्टनरशिपमा गरेको व्यपार फाप्न्ने छ। वर्षको प्रारम्भमा मान प्रतिष्ठामा वृद्धि हुने देखिन्छ। आर्थिक परिपेक्षमा नयाँ दायित्व मिल्नेछ।
जुनसुकै कार्यक्षेत्रमा पनि बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। व्यापार व्यवसायमा सफलता प्राप्त गर्नको लागि दुर्गा माताको उपासना गर्नुहोला । व्यवसाय फस्टाउँदै जानेछ।
नयाँ व्यवसायको सुरुवात गर्नुपर्नेछ भने वैशाख २१ गतेभित्रै गर्दा राम्रो होला। मंसिर महिनामा खर्च बढ्ने योग देखिएको छ । यो वर्ष वैदेशिक रोजगारीमा पनि सफलता मिल्ने देखिन्छ ।