Skip to content
LAXMI SUNRISE BANK

धनु राशि

अर्थ सरोकार

असोज महिनाको आर्थिक राशिफल 

धनु राशिका लागि असोज महिना आर्थिक तथा लगानीका दृष्टिले सबैभन्दा बलियो महिनामध्ये एक रहने देखिन्छ। विभिन्न क्षेत्रमा लगानीको अवसर प्राप्त भए पनि बैंक तथा वित्तीय संस्थाबाट अपेक्षित लाभ लिन भने केही कठिनाइ हुन सक्छ।

आफ्नो रुचि र क्षमताअनुसार गरिएको कामबाट आम्दानी बढ्ने तथा प्रतिस्पर्धाबाट आर्थिक अवसर हात पार्ने योग छ। समग्रमा महिना ८० प्रतिशत राम्रो देखिन्छ।

यो महिनामा २२ र २९ गते भने विशेष ख्याल गर्नुहोला।

नयाँ वर्ष २०८३ सालको आर्थिक राशिफल

धनु राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल समग्रमा अवसर र चुनौती दुबैले भरिएको वर्ष देखिन्छ। यो वर्ष विशेष गरी करियर, व्यापार, र अध्ययनतर्फ ध्यान दिनुपर्ने समय छ । वर्षको सुरुवातमा अलि मानसिक तनाव, काममा ढिलाइ, र कहिलेकाहीँ निराशा आउने सम्भावना छ।

तपाईंले सोचेजस्तो कुरा तुरुन्तै नहुन सक्छ, जसले गर्दा मन अलि अशान्त हुन सक्छ। तर, यसलाई धैर्यका साथ सम्हाल्नुभयो भने बिस्तारै अवस्था सुधार हुँदै जानेछ । परिवारमा कहिलेकाहीँ सानो विवाद वा गलत बुझाइ हुन सक्छ, त्यसैले बोल्ने तरिका र व्यवहारमा ध्यान दिनु राम्रो हुन्छ।

यो वर्ष बैंकिङ र सेयर बजार दुबै क्षेत्रमा अवसर त छन्, तर सावधानी अपनाउनुपर्ने संकेत देखिन्छ। छिटो नाफा कमाउने सोचले हतारमा लगानी गर्नुभयो भने घाटा हुन सक्छ। तर दीर्घकालीन सोचेर, राम्रो कम्पनी छानेर, सानो-सानो लगानी गर्दै जानुभयो भने फाइदा हुने सम्भावनाको योग छ।

व्यापारको हिसाबले हेर्दा यो वर्ष नयाँ काम सुरु गर्नुअघि राम्रो योजना बनाउनु आवश्यक छ। पार्टनरशिपमा काम गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ। किनकि विश्वासको समस्या आउन सक्छ। लगानीका लागि कृषि फुड-रेस्टुरेन्ट, डिजिटल सेवा, शिक्षा सम्बन्धी काम, वा सानो-मझौला व्यापार फाप्ने देखिन्छ । धेरै ठूलो जोखिम लिने वा हतारमा पैसा हाल्ने कामबाट जोगिनु होला।

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK