
असार महिनाको आर्थिक राशिफल
धनु राशि भएका व्यक्तिहरूका लागि असार महिना मध्यम देखिन्छ। कार्यक्षेत्रमा चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ। पारिवारिक विषयवस्तुमा केही समस्या देखिने भएकाले सावधान रहनुहोला । सरकारी जागिर खानेहरूले काममा साबधानी पुराउन पर्ने देखिन्छ। व्यापार व्यवसायभन्दा सेवामूलक कार्यले आफूलाई चिनाउन सकिनेछ। पैसा कमाउन भने धेरै नै परिश्रम गर्नुपर्ने देखिन्छ। वैदेशिक यात्राको योद देखिएको छ।
कला क्षेत्रमा रुचि बढ्नेछ। आकष्मिक धन लाभ हुने देखिन्छ। व्यापार व्यवसायमा गोपनीयताको ध्यान दिनुपर्ने देखिन्छ। बिहीबार सेयर बजारमा लगानी गर्दा राम्रो फाइदा उठाउन सकिनेछ। यो राशि हुनेहरूका लागि असार १५ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल
धनु राशि भएका व्यक्तिहरूका लागि २०८२ साल फलदायी रहनेछ। नयाँ व्यापार व्यवसायको सुरुवात गर्न सकिनेछ। सेयर बजारमा लाग्नेहरुका लागि समय उत्तम छ । घर जग्गाको कारोबारबाट राम्रो आम्दानी गर्न सकिनेछ ।
कृषि क्षेत्र, बिद्धुत र कपडाको व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ । बैदेशिक रोजगारीबाट पनि सफलता प्राप्त गर्न सकिनेछ । आकस्मिक सफलताको योग देखिएको छ। आय बढेको महसुस हुनेछ।
यता, अरुको झैँ झगडा सुल्झाउन खोज्दा आर्थिक नोक्सानी झेल्नुपर्ने देखिन्छ। सवारी साधन चलाउँदा सावधान रहनुपर्ने देखिन्छ।