×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली सेयर बजार : ‘पिट्नेको हात समाउन सकिन्छ, फलाक्नेको जीव्रो समाउन सकिंदैन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाली सेयर बजार : ‘पिट्नेको हात समाउन सकिन्छ, फलाक्नेको जीव्रो समाउन सकिंदैन’

Artha Sarokar

११ जेष्ठ २०७४, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • नवराज घिमिरे, लगानीकर्ता / सेयर बजार विश्लेषक 
नेपाली सेयर बजारले राजनीतिसँग प्रत्यक्ष सरोकार राख्ने कुरा राजनीतिक परिघटनासँगै सेयर बजारमा आएका उथलपुथललेपनि पुष्टी गर्ने गरेको छ । हिजो अर्थात २०७४ साल जेठ १० गते पनि त्यस्तै भयो । झण्डै दिउसो १:३० वजे सम्म दोहोरो अंकले घटेको वजार एकाएक प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले राजिनामा दिदैछन भन्ने हल्ला बजारमा फैलियो । त्यसपछी बजारले सकरात्मक मोड लिन सुरु गर्यो । र, अन्तमा बजार वन्द हुदा नेप्से इन्डेक्स ३.०७ ले वढेर वन्द भयो । कारोवार रकम पनि छोटो समयमा उल्लेख्य वृद्दी भै झण्डै साढे ६९ करोड पुग्यो । यसलाई हामी लगानीकर्ताले सकरात्मक रुपमा लिनुपर्छ ।
अहिले सेयर किन्दा घट्ने सम्भावना २५% हुन्छ भने बढ्ने सम्भावना ७५% हुन्छ । त्यसैले यदी घटीहाल्यो भनेपनि आत्तिईहाल्नु भने हुदैन । जहिलेपनि सेयर किन्दा ध्यान दिनुपर्ने कुरा के हो भने आफुसंग भएको सबै पैसा एकैपटक लगानी गर्नुहुदैन । किनकी वजारले सेयर किन्ने अवसर हरु जुराईरहेको हुन्छ । 
बरु, सेयरबजार तल गयो भने खुशी हुनुपर्छ । किनभने घटेको मूल्यमा अरु सेयर खरिद गर्न सकिन्छ । यदी सेयर वजार घटिनै हाल्यो भनेपनि रुवावासी गरिहाल्नुपर्ने हुदैन । जसरी दिनपछी रात , हिउँदपछी वर्षा, उकालीपछी ओराली , आउंछ त्यसरीनै सेयर वजार घटेपछी बढ्छ नै ! यसमा कुनै शंकानै छैन । हामी २०६५ तिर फर्केर हेरेउ भने पनि यो कुराको पुष्टी हुन्छ । जस्तोकी २०६५ भाद्रमा ११७५ को विन्दुमा पुगेको नेप्से इन्डेक्स २०६८ असारमा २९२ मा आयो । तत् पश्चात पून: वढन थालेको नेप्से इन्डेक्स २०७१ सालको भदौमा १२०० को विन्दुमा पग्यो । 
त्यसैले त सेयर बजारमा भनिने एउटा टुक्का छ ‘भागाभाग गर्नेहरु की किचिएर मर्छन, कि नदीमा हामफाल्छन, अनि वाढीले वगाउंछ’ । सेयर वजार कहिले वढछ कहिले घटछ यस्लाई लगानीकर्ताले मनन् गर्नुपर्ने हुन्छ । धेरै वढी सकेपछी घट्नुपनि जरुरी हुन्छ । तर वजार घट्दै जाँदा एक थरी लगानीकर्ता आम लगानीकर्तालाई अत्याउने गरी थप घटन मद्दत गर्ने कृयाकलाप गर्ने वा अभिव्यक्ती दिने गर्छन । घटदो वजारमा अझ धेरै वजार घटाउन विभिन्न तत्वहरुले भुमिका खेलि रहेका हुन्छन् ।
जसले राम्रो कम्पनीको सेयरमा लगानी गर्छ र राम्ररी समातेर बस्छ , दिर्घकालमा उसलेनै सेयरवाट पैसा वनाउने हो । अहिले लगानी गरेको रकम कम्तिमा एक वर्ष थाम्ने क्षमता तपाँईमा हुन पर्छ । यदी त्यो क्षमता तपाँईमा छैन भने वरु सेयर बजारमा प्रवेश नै नगर्नु वेस होला । आज लगानी गरेर भोलि नै दोव्वर फाईदा लिन्छु भनेर वजार प्रवेश गर्नु भएको हो भने तपाँईले व्यपक घाटा व्यहोर्नु पर्ने हुन सक्छ । क्षेण भरमा आधा सम्पती स्वाहा भइरहेको पनि देख्न सकिन्छ । 
राजनैतिक विग्रेला , अर्थतन्त्र खस्केला , ब्याजदर वढला , संस्थापक सेयरहरु साधारण बनेर आउलान ,  हकप्रद र एफ पि ओ को वाढी नै आउला ,अनेक हल्लाहरु वजारमा आईनै रहन्छन , यी सवैको वावजुद यदि तपाँईले दिर्घकालको लागी लगानी गरेको हो  भने तपाँईका अगाडी व्यपक सम्भावना हरु छन । त्यसैले त भन्ने गरिन्छ प्रतिकुलताको विच अनुकुलता खोज्ने र अँध्यारो वादलकोबीच चाँदीको घेरा देख्ने लगानीकर्ताले सेयर बजारबाट कहिल्यै आत्तिनु पर्दैन ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी