ARCHIVE
म्याग्दीको मल्कवाङमा पाँच महिनापछि बल्यो बिजुली, ३५० घरधुरी हर्षित

म्याग्दी । पहिराले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङस्थित नन्दीवाङ खोला लघुजलविद्युत् परियोजना पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको छ । केन्द्रीय प्रशारण लाइनको विद्युत् नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिराले करिब ४० मिटर पाइपलाइनमा क्षति पु¥याएको थियो । धवलागिरि गाउँपालिकाको रु नौ लाख अनुदान सहयोगमा नयाँ पाइपलाइन खरिद[...]