ARCHIVE
रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण, झरनामा रमाउँन जानेको सङ्ख्या ह्वात्तै बढ्यो
रामपुर । पहाडको कुनाकन्दारबाट कलकल गर्दै बहेको छाङ्दी झरना देख्दै मनमोहक छ । मनै लोभ्याउने यस झरनाले पर्यटक तानिरहेको छ । विशेषगरी सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्न थालेपछि झरनामा रमाउँन जाने ह्वात्तै बढेका छन् । फेसबुकमा झरनासँगै रमाउँदै खिचेका तस्वीर आउन थालेपछि झरना अवलोकनमा आउँदा अति सुन्दर र मनमोहक रहेको[...]