ARCHIVE
मध्यविन्दु नगरपालिद्धारा आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक, पूर्वाधार विकासलाई प्राथमिकता

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले आगामी आव २०७८/७९ का लागि ९० करोड १३ लाख ३६ हजार बराबरको अनुमानित बजेट ल्याएको छ । उपप्रमुख ओमकुमारी महतोले सार्वजनिक गर्नुभएको बजेटमा आम्दानीतर्फ अन्तरवित्तीय समानीकरण अनुदान १६ करोड २० लाख, राजश्व बाँडफाँट ११ करोड ४४ लाख ४५ हजार, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान[...]