LAGHUBITTA
‘सेयर बजारका खेलाडी छिर्दा लघुवित्तको सिस्टम बिग्रियो, सडक आन्दोलनले मात्रै समस्या टर्दैन’- नेपाल राष्ट्र बैंक
काठमाडौं । लघुवित्त कम्पनीले कर्जा असुलीमा ज्यादती गरेको भन्दै ऋणी आन्दोलित छन् । ‘लघुवित्तीय संस्था विरुद्धको सङ्घर्ष समिति’ नै गठन गरेर उनीहरूले दबाब दिइरहेका छन् । चर्को ब्याजदर, महँगो सेवाशुल्क, झन्झटिलो किस्ता भुक्तानी प्रक्रिया, कर्मचारीको दुव्र्यवहारलगायतका कारण देखाएर लघुवित्त कम्पनीविरुद्ध ऋणीहरू सङ्गठित भएका हुन् । लघुवित्त कम्पनीहरू नाफामा मात्रै केन्द्रीत[...]