SPECIAL
पत्रकार अर्जुन गिरी पक्राउ प्रकरण : रिहाइका लागि महासंघद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक
काठमाडौँ -विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् अर्जुन गिरीसहितका पक्राउ गरिएका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । महासंघका महासचिव रमेश विष्टद्धारा जारी प्रेस वक्तव्यमा जनाइए अनुसार आज बैशाख ४ गते विभिन्न संचार माध्यम र सामाजिक संजालमार्फत् विद्युतीय[...]