Skip to content
LAXMI SUNRISE BANK

वृश्चिक राशि

अर्थ सरोकार

असोज महिनाको आर्थिक राशिफल 

वृश्चिक राशिका लागि असोजमा आर्थिक क्षेत्रमा आफन्त तथा सहयोगीबाट साथ मिल्ने देखिन्छ। व्यापार व्यवसाय, डिजिटल तथा सामाजिक सञ्जालसँग सम्बन्धित कामबाट आम्दानीको अवसर प्राप्त हुन सक्छ।

बैंकिङ तथा वित्तीय कारोबारमा योजनाबद्ध ढंगले अघि बढ्दा लाभ लिन सकिनेछ। समग्रमा महिना ८५ प्रतिशत राम्रो देखिन्छ।

यो महिनामा १० र १७ गते भने विशेष ख्याल गर्नुहोला।

नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल

वृश्चिक राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल समग्रमा परिवर्तन, अवसर र आत्मविकासको वर्ष जस्तो देखिन्छ। यो वर्ष तपाईँले पहिले गरेको मेहनतको नतिजा देख्न थाल्नुहुनेछ, तर निर्णय गर्दा धैर्य र सोच-विचार गर्नुहोला । व्यवसायतर्फ हेर्दा नयाँ लगानी गर्ने राम्रो सम्भावना देखिन्छ, विशेषगरी सानो-मझौला व्यापार, अनलाइन व्यापार, कृषि आधारित व्यवसाय वा सेवा क्षेत्रमा लगानी गर्दा फाइदा हुन सक्छ। साझेदारीमा काम गर्दा स्पष्ट सम्झौता गर्नु राम्रो हुन्छ।

जागिरको हिसाबले नयाँ अवसरहरू आउन सक्छन्, विशेषगरी वर्षकोबीचपछि राम्रो प्रगति वा पदोन्नतिका सम्भावना देखिएका छन् । यता लगानीका हिसाबले, घरजग्गा, सुन, वा दीर्घकालीन योजनामा लगानी गर्दा राम्रो प्रतिफल आउन सक्छ। छिटो नाफा कमाउने सोचमा जोखिमपूर्ण क्षेत्रमा पैसा हाल्दा भने नोक्सान हुन सक्छ।

कृषि, डिजिटल सेवा, शिक्षा सम्बन्धी काम, र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यवसायहरू तपाईँका लागि यो वर्ष लाभदायक देखिन्छन्। समग्रमा, यो वर्ष तपाईँले धैर्य, योजना र निरन्तर प्रयास राख्नुभयो भने आर्थिक र पेशागत रूपमा राम्रो उन्नति गर्ने सम्भावना देखिएको छ।

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK