Skip to content
LAXMI SUNRISE BANK

हिमालयन बैंकका कारण ६ बैंकको १ अर्व फसेकै हो त ?

अर्थ सरोकार

करिब ७ वर्ष अगाडी हिमालयन बैंकको नेतृत्वमा ६ वटा बैंक तथा सस्थाले दिएको १ अर्व १० करोड कर्जा प्रोमिजन भएपछि उठेको छैन । 
हिमालयन बैंकका सिइओ अशोक राणाको अगुवाइमा एभरेष्ट फ्लोरिकल्यर प्रा.लि.लाई कुमारी, प्रभू, कृषि विकास, आइएलएफसी र कर्मचारी सचयकोषले सह–वित्तियकरणमा १ अर्ब १० करोड कर्जा प्रवाह गरेको थिए । उक्त कर्जा दिदाँ यी बैंकका तत्कालीन सिइओहरुले कमिशन लिएको राष्ट्र बैंकले फेला पारे पछि कर्जा उठाउन बैंकहरुलाई कडाई गरे पनि आज सम्म कर्जा बैंकहरुले कर्जाको प्रभिजन गरे पनि उठाउन सकेका छैनन् ।
केही महिना अगाडी एभरेष्ट फ्लोरिकल्चर प्रा.लि.ले केही ब्याज र सम्पूर्ण ब्याज मिनाह गर्ने बैंकहरुलाई पत्रचार गरेपछि कर्मचारी संचयकोषले नमानेपछि उक्त कर्जा अब नउठ्ने निश्चित भएको हिमालयन बैंकका एक सञ्चालकले बताए । उक्त १अर्ब १० करोड कर्जा नउठेकै कारण यी बैंकहरुको नाफा घटेको छ । हिमालयन बैंकको नेतृत्व गरेको सो कर्जाको सबै कुरा छुट दिनुपर्ने प्रस्ताव यी बैंकका बैैकंरको बैंठकमा अशोक राणाले लगे पनि सञ्चयकोष र कृषि विकास बैंकले नमाने पछि झगडा नै भएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार अशोकको प्रस्ताव अनुसार ब्याज ८० प्रतिशत छुट दिने पेनाल्टी र अन्य शुल्कमा १०० प्रतिशत छुट दिने र कर्जा उठाउने भनिए पनि अन्य बैंकर र सञ्चयकोषले उक्त प्रस्तावलाई निर्णय गर्न मानेन । यसले हिमालयन बैंकका सदावहार सिइओ राणा साबको अर्को कमिशनको खेल तुहिएको छ ।
यदि यो प्रस्ताव पास भएको भए अशोक राजा साबको हातमा ४० लाख कमिशन पर्ने एक बैंकका सिइओले बताए । हिमालयन बैंकका सिइओ राजासाबले एक अनलाइनसँग भनेका छन्ः– हामी राष्ट्र बैंकको नीति निर्देशन अनुसार काम गर्न चाहान्छौं । हामीले पालन गर्ने कानुन, नीति नियमकर्मचारी संचयकोषलाई लागु हुँदैन । कोषको नियामक निकाय पनि राष्ट्र बैंक होइन । राणा भन्दन्ः कानुनी आधार नियामक निकाय नै फरक भएकोले कोषसँग सह–वित्तियकरणमा गरिएको लगानी उठाउने सम्बन्धमा मतभेद उत्पन्न भयो सह–वित्तियकरणमा कोषले कर्जा लगानी गर्दा १० देखि १२ प्रतिशत ब्याजदर लगाउँदै आएको छ ।
व्याजमा २० देखि ३० प्रतिशत छुट दिन तयार छौं । व्याजलाई गरिएको पुँजीकर सञ्चयकोषका सिइओ त्यसमा लाग्ने व्याज जरिवाना हर्जना सबै छुट दिन तयार छौं । त्यो भन्दा बढि छुट दिन सकिदैन आचार्य भन्छन् । कोषले संचयकर्ताहरुको लागि ८.२५ प्रतिशतमा कर्जा दिदै आएको छ । त्यो भन्दा कम व्याजमा उद्योगी व्यवसायीलाई कर्जा दिदाँ संचयकर्ता माथिअन्याय हुन्छ कोषप्रति संचयकर्ताको अविश्वास बढाउने काम गर्न सकिदैन संञ्चयकोषका सिइओ कृष्ण आचार्यले भने ।
कर्जा लिएर लामो अवधि ऋणिले सावा व्याज नबुझाउने लामो समयपछि सबै व्याज छुट दिने अभ्यास बजारमा गलत प्रवृति हावी हुनेतर्फ बैंकहरुले पनि ध्यान दिन जरुरी उनी बताउछन् । यो विवाद नेपाल राष्ट्र बैंकमा र नेपाल बैंकर्स संघसम्म पुगेको छ । स्रोतका अनुसार बैकर्स संघ कार्य समितिको बैंठकमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौंलाले सबैं बंैंकहरुले संचयकोषसँग सह–वित्तियकरणमा लगानी गर्न बन्द गर्नु पर्ने प्रस्ताव लगेका थिए । खराब कर्जा असुलीको कोषको भूमिकाको उनले खुलेर आलोचना गरेका छन् ।
तर बैंकर्स संघले यस विषयमा लिखित अलिखित कुनै पनि निर्णय गरेको छैन । यो विवादवारे राष्ट्र बैंकले पनि जानकारी पाइसकेको छ । कर्मचारी सञ्चयकोषको सिइओ आचार्यका अनुसार करिब ९ वटा परियोजना गरिएको कर्जा लगानी उठिरहेको छैन । ती परियोजनाहरुमा कोषको करिब ३२ करोड रुपैया कर्जा लगानी छ । सरकारी बैंकहरुले नेतृत्व गरेको सह–वित्तियकरण कर्जामा बढी समस्या भएको कोषको रेकर्डले देखाउँछ ।
पहिला हामीले नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकलाई विश्वास गरेर उनीहरुको प्रस्ताव अनुसार कर्जा लगानी गरेको हौं । कर्जा लगानीबारे विश्लेषण गर्ने क्षमता कोषले विकास गरेको पनि थिएन । आचार्यले भने । नयाँ कर्जा लगानी गर्ने सन्दर्भमा भने कुनै मतभेद नभएको उनको दावी छ । हामीले आफ्नो क्षमता विकासमा धेरै काम गरेको छौं । अनुभव पनि भयो । 
समाचार स्रोत भन्दछः हिमालयन बैंककै कारण दर्जनौ बैंकको कर्जा उठेको छैन । हिमालयनको नेतृत्वमा दिएको तत्कालीन ग्राण्ड बैंकको २६ करोड कर्जा अझै उठेको छैन । हिमालयन बैंकका सिइओ अशोक राजा सावको नक्कली शैक्षिक प्रमाण–पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरेहेको अख्तियार सचिवले राजतिलक साप्ताहिकलाई बताए । उनले भनेः– प्रक्रिया अनुसार छानविन सुरु गरेका छौं ।
राष्ट्र बैंक मार्फत फाइल झिकाउने काम भएको छ । छानविन युद्ध रुपले भएको छ । सिइओ अशोक राणाले एस.एल.सि. र आई.ए. को नकक्ली प्रमाण–पत्र लिएर लण्डन गएर उच्च शिक्षा पुरा गरि आए पछि हिमालयन बैंकमा सिइओ भएको र हिमालयन बैंकमा दर्जनौ घटना घटेको भन्दै सञ्चालक, शेयरधनी र कर्मचारीले अख्तियार र राष्ट्र बैंकमा उजुरी हालेपछि उनीको बारेमा छानवीन शुरु भएको हो ।
हिमालयन बैंकका सिइओ अशोक राजासाबको भित्री कुरा वाहिर आएपछि उनीले ज्च् प्रमुख (मेनेजर) कपिल लोहनीलाई निलम्बन समेत गरेका थिए । भने राणा साबको छानवीन समेत अन्तिम चरणमा पुगेको छ । स्रोतको दावी छ ।
  • राजतिलक साप्ताहिकबाट 

हिमालयन बैंक सम्बन्धी यी समाचार छुटे कि ? 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK