×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर मार्केटमा हुने ‘रिस्क र रिवार्ड’ र नाफा -घाटाको ‘चोर-खेल’, यसरी दिमाग लगाउनुपर्छ सेयर बजारमा…!

PRIME CA

सेयर मार्केटमा हुने ‘रिस्क र रिवार्ड’ र नाफा -घाटाको ‘चोर-खेल’, यसरी दिमाग लगाउनुपर्छ सेयर बजारमा…!

१९ माघ २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < ५ मिनेट

  • नवराज घिमिरे / लगानीकर्ता, सेयर बजार विश्लेषक 
मलाई धेरै साथीभाईले सोध्ने गर्नुहुन्छ, ‘सर सेयर मार्केटमा त ठूलो ‘रिस्क’ हुन्छ रे, ठूलो खतरा हुन्छ रे नि हो ?तपाँईलाई त्यस्तो लाग्दैन ? आउनुहोस् यसबारेमा आज चर्चा गरौं । रिस्क वा खतरा भन्ने चिज जुनसुकै क्षेत्रमा पनि हुन्छ । जस्तो तपाँईले गाडी चलाउन जान्नु भएको छैन तर तपाँई गाडी चलाउन थाल्नुहुन्छ भने त्यसमा पनि ठूलै रिस्क छ । 
यदी तपाँई स्कुटर चलाउन जान्नुहुन्न र चलाउन चाहनु हुन्छ भने त्यसमा पनि ठूलै रिस्क छ । तपाँईलाई जुन काम गर्नै आउदैन र पनि गर्न थाल्नुहुन्छ भने त्यसमा भयानक रिस्क हुन्छ । तपाँई ठेलामा फलफुल वेच्नुहुन्छ भनेपनि रिस्क नै छ । किनकी तपाँईसंग फलफुल विक्री गर्ने आइडिया नै छैन भने त्यसमा पनि अवस्य खतरा हुन्छ । त्यसैले रिस्क र रिवार्ड पर्याय हो सेयर मार्केट ! त्यस भन्दा अलग छैन सेयर मार्केट ।
तपाँई कुनै नोकरी गर्नु हुन्छ तर तपाँईसंग कुनै आइडिया थिएन भने के तपाँईले अहिलेको जस्तो पैसा कमाउन सक्नु हुन्थ्यो र ? आइडिया छैन भने व्यापार गरेर पनि पैसा कमाउन सक्नुहुन्न । जो लगानीकर्ता पाँच/पाँच , दश/दश वर्षवाट यो मार्केटमा छन् तिनीहरुलाई त पैसा कमाउन मुस्किल छ भने तपाँई त अहिले नयाँ हुनुहुन्छ।
अनि पैसा कमाउन मुस्किल हुदैन ? यसमा मैले भन्न खोजेको के मात्रै हो भने आफुले नजानेर गरिने हरेक काममा रिस्क अर्थात खतरा रहन्छ । यदी तपाँईसंग जुन काम गर्ने ज्ञान छैन भने सम्झनुहोस् की तपाँई ‘रिस्क जोन’मा हुनुहुन्छ । त्यसवाट सेयर मार्केट अलग हुदैन । 
सेयर मार्केटमा लगानी गर्न र अरु कुनै व्यवसाय गर्न लगभग एकैजस्तो हुन्छ । कानुन एउटै हो । सिध्दान्त एउटै हो । सस्तो लिनु महंगो वेच्नु । जुनसुकै व्यापारमा यस्तै गरिन्छ । सेयर मार्केटमा पनि गर्ने यही नै हो । तर सेयर कहिले सस्तो हुन्छ र किन्ने कहिले महंगो हुन्छ र वेच्ने ! चुरो कुरो यहिँनेर छ । सेयर मार्केटमा जस्ले उल्टा सिधा कुरा गर्छ नि ! हो उसैलाई यो अत्यावश्यक कुरा थाहा नभएको पनि हुनसक्छ । त्यसैले मैले वारम्वार उठाउदै आएको कुरोचाहिं के हो भने जानकारीवेगर कुनै पनि काममा हात नहालेकै वेस ।
मैले कति साथीहरु यस्तो पनि भेटेको छु की मैले ठूलो रिस्क लिएको छु ठूलै खतरा मोलेर व्यापार गरेको छु भन्ने सुन्छु । तर म त्यस्ता साथीभाईलाई ‘जुवाडे’ भन्न रुचाउछु, व्यापारी होइन । ‘रिस्क’ दुई किसिमले लिईन्छ एउटा नजानेर लिईने रिस्क र अर्को जानीबुझी लिईने ‘रिस्क’ । जसले जानीवुझी रिस्क लिएको हुन्छ उस्ले रिवर्ड पनि अनुमान गरेर रिस्क लिएको हुन्छ । र, जसले रिवार्ड देख्दैन उस्ले कहिल्यै पनि जानीवुझी रिस्क लिएको हुदैन । 
सेयर मार्केटमा नजानेर रिस्क लिने एकथरी लगानीकर्ता हुन्छन्, ‘जो अनुमानै गर्न सक्दैन र एक सय रुपैयाको रिस्क लिदा दुई सय रुपैया गुमाईरहेका हुन्छन । यिनिहरुले Radio / Tv वा व्रोकर अफिसमा कसैले कुरा गरेको सुनेको भरमा लगानी गर्छन । र, यीनीहरुले ‘स्टप लस’ गर्न जानेकै हुदैनन् अनि झन धेरै पैसा गुमाईरहेका हुन्छन् । 
एक दिन मसंग एक जना मान्छे आए र मलाई भने, ‘सर म तापाँईसंग कन्सलटेन्सी लिन चाहन्छु , मलाई पनि केही राय सल्लाह दिनुहोला ।’ मैले उसलाई तपाँईको प्रोफाईल भन्नुस् भनें । उनले जव मलाइ त्यहि कुरा बताउन थाले, मैले अनुमान लगाईहालें ती मान्छे सर्ट ट्रमको लागि लगानी गर्न चाहन्छन् । २/४% नाफामै काम गर्न चाहन्छन् । अनि मैले सोधे तपाँईले आफ्नो जीवनमा सवैभन्दा धेरै कति प्रतिशत कमाउनु भएको छ ? तव उनेले भने सर मैले त ५% भन्दा वढी नाफा कहिल्यै पनि कमाएकै छैन । ४/५% नाफा आउना साथ म वाहिर निस्किहाल्छु । अनि मैले भने हेर्नु मैले तपाँईलाई कसरी सल्लाह दिउ ?
म स्वयंम २०% सम्मको ‘स्टप लस’ मा वाहिर निस्किरहेको हुन्छु । उ छक्क पर्यो । ‘अनि कसरी पैसा कमाउनु हुन्छ ?’ उसले सोधेपछि मैले भनें, ‘मेरो टार्गेट १०० % थियो र, मलाई २०% को ‘स्टप लस’ सानो लाग्यो । तपाँईको टार्गेट नै ५% को छ अनि तपाँईलाई २०% को स्टप लस ठूलो लाग्दैन त ? २०% को स्टप लसपनि सानो हो जव मेरो टार्गेटनै १००% को छ भने । 
मैले पहिला पहिलाका कैयन लेखहरुमा पनि लेख्दै आएको छु की, ‘सेयर मार्केटमा काम गर्न वा कुनै पनि व्यापार गर्न चोरको कलाजस्तो चाहिन्छ । जसरी चोरले चोरी गर्न जान्छ र उ अनाडी चोर होईन र खेलाडी चोर हो भने उसले जुन घरमा चोरी गर्न जान्छ उसले पक्कै पनि यो घरमा मलाई ठूलो धनराशी मिल्छ भनेर अनुमान गरेको हुन्छ । र, उसले लिएको रिस्क ठूलो हुदैन जवकी त्यस घरमा चोरेको धनराशीको अगाडी । जो खेलाडी चोर हुन्छ उसले पनि रिवार्डको अगाडी रिस्क छोटो देख्दछ ।
अन्तमा, अहिलेको परिस्थितीमा सेयर खरिद गर्ने जो कोहीका लागी पनि रिस्क कम र रिवार्ड बढीनै हुने देखिन्छ । त्यसैले ‘ड्राईभर्सिफिकेसन’ गरेर सेयर मार्केटमा लगानी गर्ने उपयुक्त समय यहीनै हो भन्ने मेरो ठम्याई छ ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: