×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्यो दुर्घटना… जसले उनलाई अघोषित ‘बेश्या’ बनायो…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

त्यो दुर्घटना… जसले उनलाई अघोषित ‘बेश्या’ बनायो…

१५ आश्विन २०७३, शनिबार

पढ्न लाग्ने समय: ७ मिनेटभन्दा कम

 
बाबु नभएकी एक जना टुहुरी केटि, जो टुहुरो भएर पनि बदनाम छे यो शहरमा…! कोहि केटासँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि साहारा दिंदै गरेका आफ्नै  साइला काकाले पनि हार खाएर उसलाई गाउँ पठाइदिए । दाइकि छोरी, भाउजु कुरा पत्याउँदिनन्, दाजु धेरै अघि बिते, दिशा पिसाब समेत सोरेर हुर्काएकी छोरीलाइ के गर्नु ? विकल्प थिएन ।
तर गाउँभर काकाले घरबाट निकाल्यो भन्ने हल्ला चल्यो  । कारणका आ – आफ्नै व्याख्या थिए । मान्छेको लत जो लागेको थियो कहाँ छुट्थ्यो र ? आमालाई ‘कन्भिन्स’ गराएर उ काठमाडौँ फर्की । साथीहरुसँग बस्ने भन्दै त्यहि केटासँग लिविङ रिलेशनमा बसिन् जसको बिहे अर्कोसँग हुँदैछ भन्ने पनि  उनलाई थाहा थियो !
नभन्दै विहे भयो र उ एक्लीइन् !
केहि हप्ता नबित्दै उनको अर्को एक केटासंग त्यस्तै सम्बन्ध बन्यो ! भाइ काठमाडौँ आयो, सँगै बस्न थाले र पनि साथीकहाँ जान्छु भन्दै ढाँटेर उनले जवानी पोखिरहिन् ! यतिसम्मकी पहिला सम्बन्ध बिग्रिएको केटासँग पनि भेट हुने र बैंश साट्ने काम हुन थाल्यो र यो क्रम चलिरह्यो !

यो कुरा थाहा पाएपछि अहिलेको केटासँग पनि उसको सम्बन्ध बिग्रियो । बिग्रेपनि केहि हुनेवाला थिएन उसलाई किनकि उसले आफ्नै कलेजमा पढ्ने अर्को केटासँग रात बिताउन थालिसकेकी थिइन् ।
अहँ उसलाई न कसैको डर छ, न केहीको चिन्ता । भाइलाई केहि यस्ता कुराहरु थाहा छन् तर पनि मौन छ । आमालाई उसले यसरी ‘कन्भिन्स’ गरेकी छे, मानौं संसारको सबैभन्दा सोझी केटि उही हो । तर आफ्नी छोरी साथीकहाँ जान्छु (जो साथीसँग पहिला बसेको थिएँ भन्थिन उनी वा जो साथी उनकी नजिककि साथी हुन्) भन्दै अहिले पनि कहिले कोसँग कहिले कोसँग रात विताउने गरेको उनलाई थाहा छैन ।
उपनि अब संगै सधैं रहँदैन भन्ने थाहा भएकाले उनले अर्कै एक केटासँगपनि सम्बन्ध सुरु गरिसकेकी छिन । पहिलो त्यो विवाहित पात्रसँग पनि उसको  सम्बन्ध कायम छ, बेला बेलामा बैंशको मज्जा लिन्छन उनीहरु ।
जीवनमा भेटेको पछिल्लो केटाले उसलाई अष्ट्रेलिया लान्छु भनेको छ । उ त्यसैको तयारीमा छे । त्यसले लगेन भनेपनि आफ्नो बैंश आफैंसँग हुने घमण्ड छ उसलाई ।
‘मसँग सबै प्रश्नको उत्तर छ । काकाले किन निकाल्यो ? भनेर कसैले सोध्यो भनेपनि म अरुलाई कन्भिन्स हुने गरी उत्तर दिन सक्छु । कुन कुन केटासँग किन सम्बन्ध बिग्रियो भन्ने कुराको पनि मसँग राम्रो उत्तर छ। म निकै सोझो देखिन्छु । त्यहि सोझो अनुहारले मलाइ काठमाडौँमा टिकाउन र बिकाउन मद्धत  गरेको छ ।

समाजले मलाइ बिग्रिएको भन्छ, भनोस् ! संसारमा मेरो भन्ने मेरी आमा हो उनले मलाइ बिश्वास गरेकी छिन् !’ उनलाई थाहा छ गर्व निरोधक औषधिको अत्याधिक प्रयोगले उसको स्वास्थ्यमा नकारात्मक असर गरेको छ, तर पनि भन्छिन्, ‘ मसँग विकल्प पनि छैन । १ पटक गर्वपतन समेत गरेको छु । कण्डम मलाइ मन पर्दैन’
अरुले झट्ट हेर्दा खुब दु:ख गरेकी छे उनले । बाबु नभएकी छोरी काठमाडौँमा आफैं काम गरेर पालिएकी छिन् भन्ने धेरैलाई लागेको छ  । पेशाले उनी पत्रकारिता पनि गर्छिन् । १५००० को जागिर खान्थिन, उनको यस्तो यौन जीवन थाहा पाएपछि अफिसले निकालिदियो ।

‘अझ  सहजै भन्छे, ‘ कसैले सोध्यो भने हाकिमले दुर्व्यवहार गर्यो त्यहि भएर जागिर छाडें भनिदिन्छु ।’
‘मेरा केहि अश्लील चित्र, र मैले मेरा केटा साथीहरुसंग गरेका अश्लील कुराकानीहरु बाहिरिएका छन् भन्ने सुनेको छु तर पनि कुनै प्रवाह छैन । दिदीको भनेपछि भाइले हेर्न सक्दैन, मामुले हेर्न जान्नुहुन्न । यो शहरले अरुको मलाइ मतलव छैन ।
मलाई थाहा छ धेरैलाई मैले प्रयोग गरेर  छोडें  । म पनि  एकपटक  प्रयोग  भएको  छु, मेरो  एउटा बोइफ़्रेन्डले  मलाइ नगरकोट लग्यो, थाहा थिएन उसले अरु २ साथीहरुलाई पनि बोलाएको रहेछ । नशाको सुरमा मेरो  सबै संग  शारीरिक  सम्बन्ध  भयो  ।
भोलिपल्टदेखि  कसैसंग पनि भेट  भएन  । मलाइ रक्सीको  नशा  छ  । सुनेको थिएँ, रक्सीले मेरा बाबुलाई  मार्यो, अब  मलाइ  मार्यो  भनेपनि  मारोस् ! म यौन  र रक्सीको ‘एडिक्ट’ भएको छु  ।’ मसँग सारीरिक सम्बन्ध गाँस्ने  धेरैले मेरो लागि राम्रो खर्च  गर्छन् । मलाइ काठमाडौँमा बाँच्न  गाह्रो  छैन  । मेरो १५००० तलवमा ५००० रक्सीमा  सकिन्छ । बाँकी १० हजारले मेरो गुजारा  राम्रै चलेको छ  ।  घरमा भाइलाई तलव १० हजार मात्र छ भनेर ढाँटेकि थिएँ ।’
‘मैले जति साथी बनाएँ तिनीहरुसँग मात्र  सम्बन्ध राख्छु । अहिले  ३ जना छन् । एउटा टुट्ने बितिक्कै अर्को खोज्छु । अरुसँग  सम्बन्ध राख्दिन । धेरैका प्रस्ताव अस्वीकार गरेको छु । तर एक्लो हुने आँट मसँग छैन । 
मैले काम गर्न थालें मिडियामा । मिडिया मालिकले मलाइ भोलिदेखि काम गर्न आउनुहोस् है भनेर फोन गर्दा पनि म तेलकोटमा रहेको एक होटलमा काठमाडौँको पहिलो बैंश साट्ने केटा साथी (जो विवाहित छ) सँग जवानी साटीरहेको थिएँ ।
     
कसैसँग प्रेम गर्नुभएको छ ?
‘जोजो संग म शरीरले बाधिन्छु, त्यो पनि प्रेम नै हो ! नत्र त म ग्राहक खोजेर हिड्ने बेश्या भइहाल्थें नि !’
कोहिले यस्तो नगर भनेको थिएन ?
‘थियो ।  जसले यो शहरमा मलाइ ‘पत्रकार’ बनायो ।  उ सँग म कयौं पटक एक्लै बसेको छु ।  उसलाई पनि आफ्नो बनाउन चाहान्थें ।  तर उसले मेरो बारेमा धेरै कुरा थाहा पाइसकेकेको थियो । एक दिन आवेगमा मैले नै सबैकुरा उसलाई सुनाएको थिएँ ।  म दुख देखाएर उसलाई आफ्नो बनाउन चाहान्थें ।  तर म सफल भइन ।  मेरो पेटमा बच्चा थियो र मलाई खासमा त्यो बच्चाको बाउ को हो भन्ने पनि राम्रो सँग थाहा छैन । 
म गर्ववती  छु  भन्ने  थाहा  पाएको  दिन खुब  रोएँ । के भयो भनेर  सोध्ने उ नै पहिला थियो ।  उसैले लगेर एबोर्शन गरायो । खुब ख्याल राख्थ्यो ।  मलाइ दुखी नहोउ भनेर खुब घुम्न लैजान्थ्यो ।  मलाइ पत्रकारिता पनि सिकायो ।  मैले थुप्रै पटक सबैलाई छोडीदिन्छु, म सुध्रिन्छु मलाइ बिहे गर्नुस, भनें ।  उसले तिमिलाइ सुधार्छु तर विहे गर्न सक्दिन भन्यो ।
थाहा छ मेरो कथा सुनेपछि कसैले पनि मलाइ स्वीकार्दैन ।  सायद उ नै त्यस्तो पुरुष होला जसले मसंग खुब एक्ला पलहरु बितायो, तर मेरो आग्रहमा पनि शारीरिक सम्बन्ध गाँस्न मानेन । उसलाई म फस्छु भन्ने डर रहेछ, जुन स्वाभाविक पनि थियो  ।  मसँग शारीरिक सम्बन्ध गाँसेको भए म जसरि पनि त्यो संग बिहे गर्थ्यें। उ भन्थ्यो, ‘जोसँग म पहिलो शारीरिक  सम्पर्क गास्छु, त्यो  मेरी श्रीमती  हुनेछे ।
यतिको इमान्दार केटा पनि हुँदा रहेछन् भनेर अचम्म लाग्यो ।’ मैले उसलाई अरुलाई मेरो गर्लफ्रेन्ड हो भनेर चिनाउनुस न म एकदम खुसी हुन्छु भन्थें।  कति ठाउँमा उसले त्यहि नै भन्थ्यो । सायद मैले उसलाई त्यस्तो भन्न लगाएर गल्ती गरें । अहिले उसलाई थुप्रैले तेरो गर्लफ्रेन्ड खै त भन्दा उसँग उत्तर छैन ।’
दिन बित्दै थियो, मैले जति गरेअपनि उ सहन्थ्यो । मलाइ उसले कति सम्झायो अझै पनि पूराना साथीहरुसँग सुत्ने काम नगर भनेर, तर मैले मानिन ! म हरेकसँगको सुताईको कथा सुनाउँथें उसलाई !

मैले अत्ति गरेपछि उसले मलाइ अफिसबाट निकाल्यो । जानेबेलामा ‘भोलिदेखि अफिस नआउनु भनेर काम नगरेको एक महिना र दशैं बोनस समेत दिएर पठायो । ‘तिमीलाई खुब सुधार्न खोजें तर सकिन  । अब मेरो अफिसमा म अरु सम्झौता गर्न सक्दिन’ भन्यो । त्यो दिन खुब रोएँ । हातमा  टन्नै पैसा  भएर पनि मैले जीवनमा सबैभन्दा केयर गर्ने मान्छे गुमाएँ भनेर खुब रोएँ ।
रुँदा रुँदै एक्कासी रिस उठ्यो । किन उठ्यो थाहा छैन । ‘तँ मु* को मात्र अफिस छ, हेर्दै जा… भोलि नै अर्को ठाउँमा जागिर खान्छु’ भनेर थर्काएं ।  थाहा भएन किन मलाइ त्यस्तो भयो तर मैले उसलाई तथानाम भने । 
केहि दिनपछी अर्को काम त सुरु गरें तर एक कान दुइ कान हुँदै कतै बाट मेरो भाइले म पहिलाको अफिस बाट निकालिएको र त्यसको केहि कारण थाहा पाएछ । उसले अरु केहि भनेन । बस् अफिस छोड, भोलि घर हिंड भन्यो । र त्यो जागिर पनि छोडियो।’   
‘अहिले खुब हिनताबोध छ ।  तर पनि मैले आफुलाई बचाउनु नै छ । मेरा बोइफ्रेन्डहरुले सोध्यो भने मलाइ दुर्व्यावाहार गर्यो अनि निस्कें भनेर ढाटे । एक मनले उसलाई केहि नभनी उसँग बिहे हुन सकेको भए जीवन बन्थ्यो भन्ने पनि लागेको छ ।  अर्कोतर्फ उ पत्रकार, कहीं कतैबाट यो कुरा थाहा भयो भने नराम्रै हुन्थ्यो भन्ने कुराले चित्त बुझाउंछु ।
निफिक्री भन्छे, ‘म सानोमा आफ्नै कान्छो काकाबाट बलात्कृत भएँ, कुनै बिलौना छैन । उसले यौन भनेको के हो बुझायो, मैले बुझें । अहिलेसम्म आउँदा ८ जना केटासँग अफेयरमा रहें । सबैले मलाइ निकै माया गर्थे, केहिले गर्छन् पनि । जो मलाइ अझै माया गर्छन्, उ सँग सम्भोग गर्न मलाइ कतिपनि आपत्ति छैन । धेरै अगाडी ब्रेक अप भएको विवाहित पुरुष सँग अहिले पनि म नगरकोट गएर सुत्ने गरेको छु  ।  उ ‘पावरफूल’ छ, मलाइ त्यहि चाहिएको छ  ।
कहिलेकाहीं म खुब बिग्रिएं जस्तो लाग्दैन?
‘लाग्छ ! तर यो मेरो शोक हो, मलाई ७ बर्षको उमेरमा जो सिकाइयो ।’
‘मेरो गाउँ, जहाँ करिव ३० बढी घरधुरी होलान  । तर थाहा छ ?  त्यहाँ कुनै घरमा यस्तो नहोला जहाँ एउटी भतिजीलाई आफ्नै काकाले बलात्कार नगरेको होस् !’
‘सबैले म  बिग्रिएको  देखेका  छन्, तर  म  बिग्रिएको कारण  देखेका छैनन्, जो अब  नदेखे  मजस्ता  धेरैले काठमाडौँका  धेरै  केटाहरुको  कुमारीत्व भङ्ग गर्नेछन्  ।’
‘कोहि चुप भएर बिग्रिए,  कोहि अहिले पनि बलात्कृत भइरहेका छन् । त्यहि घटनाले मलाइ अघोषित बेश्या बनायो । अहँ अहिले यौन बिना म बढीमा ७ दिनभन्दा एक्लै रहन सक्दिन । गाउँ शहर जताततै त्यसको विकल्प छ मसँग !’
यो सबैकुरा स्वीकारेर  मेरो बिगतलाइ मान्ने कोहि पनि पुरुष हुन्नन्  ।  अहिले हो जस्तो देखिएपनि झगडा पर्दा यहि ‘इस्यु’ आउँछ  । म एकदम जिद्दी र घमण्डी पनि छु  ।  केहि कुरा मनमा राख्न सक्दिन  ।  यो सबै कुरा स्वीकारेर मलाइ अहिले नै बिहे गर्न कोहि तयार छ भने म पनि तयार छु  ।  मेरो जिन्दगी पुरै खराब भइसकेको छ ।’

‘यी सब कुरा सुन्दा आत्महत्या गरूँ झैं पनि लाग्छ ! तर मरेर के गर्नु ? बरु घोषित रुपमै बेस्या बनेर खान्छु भन्ने छ  । जीवनमा आमा बन्ने ठुलो रहर छ, जुन रहर मा पूरा गरेरै छोड्छु ।’

(सुरज प्याकुरेलको प्रकाशोन्मुख कृति रिमाजको एक अंश) 

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी