ARCHIVE
कोरोना अपडेट : प्रदेश नं १ मा हालसम्म ४१ को मृत्यु, सुदूरपश्चिममा निको हुने बढ्दै र गण्डकीमा ६९ थपिए

काठमाडौँ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये ३१ महिला र ११२ जना पुरुष रहेका सामाजिक विकास मन्त्रालयले आज जनाएको छ । थपिएका मध्ये सुनसरी ७८, मोरङ २९, झापा २८, सङ्खुवासभामा छ, उदयपुर र प्रदेश बाहिरका एकएकजना रहेका छन् । [...]