ARCHIVE
नुवाकोटको तारकेश्वर गाउँपालिकाको सभामा कांग्रेस नेताले टिभी त्रिशुलीका पत्रकार कुटे, मनपरी बोलेर क्यामरा फुटाइदिए…

नुवाकोट । नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाको गाउँसभामा टिभी त्रिशुलीका पत्रकारमाथि हातपात भएको छ । कांग्रेसका नेताहरूले गाउँसभामा अबरोध गरिरहेको समाचार संकलन गरिरहेका पत्रकार सुजित भण्डारी माथि कुटपिट भएको हो । उनको क्यामरा पनि कांग्रेस नेताले फुटाइदिएका छन् । नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालका अनुसार तारकेश्वर गाउँपालिका वडा नम्बर[...]