MUDRA MAMILA
युनाइटेड इन्स्योरेन्सको खुद नाफा ३३ प्रतिशतले बढ्यो, ईपीएसमा पनि ९ रुपैयाँको बढोत्तरी, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । युनाइटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले गतवर्षको तुलनामा ३३ प्रतिशत बढी खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर, चालु आर्थिक वर्षको[...]