Uncategorized
नेप्सेमा २ बैंकको १ करोड ४६ लाख २५ हजार ३२९.२३ कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ बैंकको १ करोड ४६ लाख २५ हजार ३२९.२३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बुधबारको कारोबारमा सनराइज बैंक र मुक्तिनाथ विकास बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। सनराइज बैंकको ८१ लाख ५२ हजार ५५५.८५ कित्ता र मुक्तिनाथ विकास बैंकको ६४ लाख ७२ हजार ७७३.३८ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।