ARCHIVE
उखु किसानको पैसा भुक्तानीपछि सर्लाहीको महालक्ष्मी सुगर मिल आजदेखि पुन: सञ्चालनमा !

काठमाडौँ – सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ । किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मागरिदिएपछि आजदेखि सञ्चालनमा आउन लागेको हो । सञ्चालक कनौडियाले रु ११ करोड २६ लाख भुक्तानीका लागि बैंकमा जम्मा गरिदिनुभएको थियो । गोडैता[...]