Uncategorized
मृतकका नाममा भत्ता निकासाको रहस्य खुलेपछि वडा कार्यालयमा तालाबन्दी !

अर्थ सरोकार सम्बाददाता दार्चुला । दार्चुलामा मृत्यु भईसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा भएको खुलासा भएपछि विवाद सिर्जना भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ मा मृत्यु भइसकेको व्यक्तिका नाममा भत्ता निकासा भइरहेको खुलेपछि कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । सामान्य रुपमा व्यक्ति[...]