Uncategorized
कोरोनाका बिरामी भेटिए सरकारले निःशुल्क उपचार गर्ने, स्वास्थ्यमन्त्री भन्छन् ‘सबै प्रदेशमा टेकु अस्पतालस्तरीय प्रयोगशाला निर्माण हुन्छ’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले कुनै पनि कोभिड–१९ का बिरामी भेटिए सरकारले निःशुल्क उपचार गर्नेसमेत बताउनुभयो । “कुनै व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिए हामी हवाईमार्ग वा स्थलमार्गबाट त्यस्ता[...]