MARKET WATCH
हिमालयन जनरल इन्स्योरेन्सद्वारा सेयरधनीहरुलाई ६.७५% लाभांश दिने घोषणा, बोनस र नगद कति ? (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई ६.७५% लाभांश दिने निर्णय गरेको छ । कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समिति बैठकले ३% बोनस सेयर र करसमेत गरी ३.७५% नगद लाभांश दिने घोषणा गरेको हो । नियामक निकाय र आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश पाउने छन् ।