PRADESH7
रेञ्जरलाई घुस खुवाउन खोज्ने सामुदायिक वनका अध्यक्ष रामप्रसाद राना ८० हजार रुपैयाँसहित पक्राउ

अर्थ सरोकार सम्बाददाता धनगढी । सव-डिभिजन कार्यालय कैलालीका रेञ्जर रामअवतार चौधरीलाई घुस खुवाउन खोज्ने सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन् । हिजो (बिहीबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनगढी उपमहानगरपालिका-११ सीताराम सामुदायिक वन समूहका अध्यक्ष रामप्रसाद रानालाई ८० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो । अख्तियारले रानालाई धनगढी उप-महानगरपालिका-१ फार्कमोडबाट[...]