MUDRA MAMILA
बिहिबार ८.२७ अंकले बढेको सेयर बजार १९६४.०२ बिन्दुमा कायम, कारोबार रकममा भने गिरावट
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ । बुधबारको तुलनामा बजार ८.२७ अंकले बढेर १९६४.०२ बिन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २०४ कम्पनीको ९८ लाख ८३ हजार १९७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब १४ करोड[...]