Uncategorized
चौरीदेउरालीमा वडा कार्यालयबाट बैंक खाता खोल्न सकिने, बैंकसम्म जानुपर्ने बाध्यता हटेपछि मख्ख भए भत्ता बुझ्ने वृद्धवृद्धा

बनेपा । चौरीदेउराली गाउँपालिका–३ माझिफेदाका ७५ वर्षीय साइलीमाया तामाङले घर नजीकै रहेको वडा कार्यालयमा सोमबार पहिलो पटक बैंक खाता खोल्नुभयो । ज्येष्ठ नागरिक र अशक्तहरुको सामाजिक सुरक्षा भत्ता वितरणका लागि सरकारले बैंक खाता खोल्न अनिवार्य बनाएपछि जिल्लाको कोशीपारि क्षेत्रका वडा कार्यालयले वडामा नै खाता खोल्न व्यवस्था मिलाएको हो । “म[...]