Uncategorized
क्यामोमाइलको तेलले बजार नपाउँदा चिन्तित बनेका कञ्चनपुरका किसान मेन्था खेतीतर्फ आकर्षित !

कंचनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान राधिका साउदले मनग्य आम्दानी हुने क्यामोमाइल खेती गर्न छाड्नुभएको छ । सुगन्धित क्यामोमाइलको प्रशोधित तेल बिक्री हुन छाडेपछि यस वर्ष उहाँले खेतमा क्यामोमाइल खेती गर्नुभएको छैन । खेतमा उहाँले गहुँ छर्नुभएको छ । “क्यामोमाइलको प्रशोधित तेल बिक्री गर्नका लागि व्यापारी खोज्न निकै भौँतारिनुपर्ने समस्या[...]