×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाम्रो १०० दिन, हाम्रो सय १०० ‘झड्का’…! (EXCLUSIVE १०० खबरहरु सहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ कार्तिक २०७३, आईतवार

PRIME CA
laxmi sunrise bank

हाम्रो १०० दिन, हाम्रो सय १०० ‘झड्का’…! (EXCLUSIVE १०० खबरहरु सहित)

  • सम्पादकीय  

आर्थिक समाचार पोर्टलहरुको भीडमा हामी केहि फरक गरौ भनेर आएका थियौं । प्रकाशनको पहिलो दिननै हामीले भनेका थियौं, ‘हामी पक्कै केहि फरक पस्कनेछौँ पाठकलाई !’ हामीले बाचा गरेका थियौं, ‘चलीआएको आर्थिक समाचारको पूरानो शैलीलाई हामी परिवर्तन गर्नेछौं ।’


यी १०० दिनमा हामीले केहि फरक पक्कै दियौं हाम्रा पाठकलाई भन्ने लागेको छ । विभिन्न बैंकहरुमा भएका हर्कतको पर्दाफास गर्यौं हामीले । हिमालयन बैंकका काण्डहरु हुन् वा जनता बैंकको मनपरी । मेगा बैंकको सेक्स काण्डदेखि बैंकका सञ्चालकको योग्यता नपुगेका खबरहरुसम्म ‘ब्रेक’ गर्यौं हामीले । नेपाल इन्भेष्टमेन्ट बैंकको मनपरीदेखि एभेरेष्ट बैंकको दादागिरीको ‘अपरेशन’ गर्यौं हामीले । स्ट्याण्डर्ड चार्टड बैंकको दादागिरीदेखि सेन्चुरी बैंकका काण्डहरुका बारेमा हामी बोलिरह्यों जनताका पक्षमा !

प्रस्तुतीको फरक शैलीसँगै हरेक खबरलाइ आर्थिक कोणबाट प्रस्तुत गर्यौं हामीले । गोदावरी पार्कमा भएको ‘एक रुपैयाँ’ को भ्रष्टाचारदेखि एनसेलको लुट प्रवृतिविरुद्ध बोल्यौं हामी । बजारमा भेटिएका अखाद्य बस्तुहरूबारे एक-एक खबर बाहिर ल्यायौं हामीले । रेडबुलमा गोरुको वीर्य हुन्छ भन्ने खबरदेखि, कोकाकोलाले शरीरलाइ धान्ने नसक्नेगरी चिनी खुवाउँछ भन्ने खबरलाइ पाठकमाझ प्रस्तुत गर्यौं हामीले ।

शेयर बजारका खबर बिगतमा पनि हाम्रो प्राथमिकतामा थियो र अहिले पनि छ । तर बजार घट्यो वा बढ्यो मात्र होइन, त्यसका कारण, समिक्षा र बजार गुरुहरुका भनाइ सहित प्रस्तुत भयौं हामी । कानुन विपरित चलेका बससेवा डटकम होस् वा बैंक तथा वित्तीय संस्था विपरित चलेको इसेवा होस्, हामीले कसैसँग पनि सम्झौता गरेनौं, गर्दैनौं ।
खोजमूलक पत्रकारिताका अभियानमा हामीले थुप्रै धम्की पनि पायौं । हामीले प्रस्तुत गरेका समाचार रोक्न, वा फलोअप नगर्न समेत हामीलाई थुप्रै ठाउँबाट धम्की आइरह्यो । हामीले समाचार ब्रेक गरेको निहुँमा केहि अरु सञ्चार गृहलाई प्रयोग गरेर हामीविरुद्ध खनिने काम पनि भयो । यसलाई हामी पीत पत्रकारिता भनेर बुझ्छौं । यो हाम्रै मिडिया क्षेत्रभित्र छाएको विकृति हो ।

समाचार लेखेकै नाममा राजनीतिक आडमा थर्काईएका हाम्रा पत्रकारबारे सबैतिर चासो हुँदा हाम्रा एक पत्रकार साथी संलग्न भएको पत्रकार संगठनका अनलाइन प्रतिष्ठान मौन बस्नुलाई हामीले पत्रकारका नाममा राजनीति गर्न पदमा पुगेकाहरु पनि गुण्डाहरुकै संरक्षणमा रहेछन् भनेर बुझ्यौं । समयले यसको पनि हिसावकिताब गर्नेछ भन्नेमा हामी ढुक्क छौं । समाचारको शक्तिलाई स्थापित गर्ने अभियानमा लागेका हामी, न हिजो डराएका थियौं, न आज डराउँछौं ।


समृद्ध अर्थतन्त्रका लागि होमिएको हाम्रो अभियानमा शिक्षा महत्वपूर्ण कुरा हो । त्यहि कुरालाई ध्यानमा राखेर हामीले शिक्षा क्षेत्रमा नौलो प्रयोग थाल्यौं । अनलाइनमार्फत हामीले नि: शुल्क ट्युसन कक्षाको आरम्भ गर्यौं । विभिन्न भिडियो बहसहरु चलायौं र चलाईरहेका छौं । टिभी टुडे टेलिभिजनसँगको सहकार्यमा हामीले विभिन्न टेलिभिजन बहस चलाईरहेका छौं । यहिबीचमा हामीले अर्थ सरोकार अनलाइन टेलिभिजनको रुपमा नेपालको पहिलो आर्थिक अनलाइन टेलिभिजनको सुरुवात गरेका छौँ । यसलाई हामी छिट्टै नै नियमित कार्यक्रमहरुका साथ प्रस्तुत गर्दैछौं ।
आर्थिक मुद्धाहरुमा केन्द्रित हाम्रा पाठकहरुलाई चाहिने हरेक खुराक हामीले अर्थ सरोकार डटकममा प्रस्तुत गर्ने प्रयास गरेका छौं । विभिन्न कन्भर्टर, देशभरका चर्चित रेडियो सुन्ने व्यवस्था, टेलिभिजन हेर्ने व्यवस्था लगायतका खुराकहरु पनि हामीले प्रस्तुत गरेका छौँ ।
यो १०० दिन हाम्रालागि निकै छोटो समय हो । यो बीचमा हामीले जे गर्न सक्यौं, हामी त्यसमा सन्तुष्ट भने पक्कै छैनौं । आगामी दिनमा तपाईंहरुको साथ र सहयोगसँगै आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने गरी हामी समाचार प्रकाशन गर्ने प्रतिबद्धता जनाउन चाहान्छौं ।
अन्त्यमा,
यो १०० दिनसम्म हामीलाई साथ दिने सम्पूर्ण पाठक, विज्ञापनदाता, पत्रकार मित्रहरु, तथा हाम्रा सम्पूर्ण शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छौं । र भविष्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौं ।

जय नेपाल !

सुरज प्याकुरेल 
प्रधान सम्पादक / अर्थ सरोकार डटकम 

मेगा बैंकबारे हाम्रो १५ झड्का !

हिमालयन बैंकबारे हाम्रो १२ झड्का !



इसेवाको कर्तुतबारे हाम्रो १३ झड्का !

बससेवा डटकमको कर्तुतबारे हाम्रो ५ झड्का !

भाटभटेनी बारे हाम्रो ११ झड्का !

काभ्रेमा हाम्रो स्थलगत भ्रमणपछीका ५ झड्का !

मोबाइल फोटोग्राफी सहितको पत्रकारितामा हाम्रो १० झड्का !

कोकाकोला, रेड बुल र माउन्टेन डिउबारे हाम्रो ८ झड्का 

नेपाली मिडियाबारे हाम्रो ५ झड्का !

एनसेलबारे हाम्रो ६ झड्का !

नेपाल टेलिकमबारे हाम्रो ५ झड्का !

एभेरेष्ट बैंकबारे हाम्रो ६ झड्का 


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: